मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

लस एन्जलसमा (नयाँबर्ष) तमु ल्होछार भव्य रूपमा सम्पन्न

लस एन्जलसमा (नयाँबर्ष) तमु ल्होछार भव्य रूपमा सम्पन्न


क्यालिफोर्निया (अमेरिका)-  अमेरिकाको क्यालिफोर्निया स्थित लसएन्जल्समा गुरुङ समुदायले आफ्नो सुन्दर कला र संस्कारलाई जगेर्ना गर्ने उध्येश्यले “नयाँ वर्ष -२०१९” गत जनवरी २० तारिख आइतबारको दिन तारा हिमालयन कुजिन आर्टेशिया सहरमा तमु ल्होछार पर्व दोहोरी गायिका शिला आलेमगर र गुरुङ समुदायकी चर्चित कलाकार मिना गुरुङको साथमा भव्य सांस्कृतिक कार्यक्रमको साथ सम्पन्न गरेका छन् ।
 
नेपालका विभिन्न जातिका छुट्टा-छुट्टै कला र संस्कृतिले भरिपूर्ण नेपाली समाजको एक छुट्टै पहिचान बोकेको सामुदायिक संस्था गुरुङ समाजले आफ्नो पहिचानलाई विदेशी भूमिमा पनि प्रवर्धन र संवर्धन गर्दै आइरहेको छ ।
 
उक्त मनोरंन्जनात्मक तमु ल्होछारमा संस्थाका अध्यक्ष ज्ञानेन्द्र गुरुङले सम्पूर्ण  अतिथि लगायत सहभागीहरूलाई स्वागत गरेको थियो र प्रमुख अतिथि महावाणिज्यदुत ऋिषी ढकाल, विभिन्न स्थानीय सङ्घ संस्थाको प्रतिनिधित्व गर्दै श्री पशुपतिनाथ फ़ाउन्डेशनका अध्यक्ष गोकुल पौड्याल र गुरुङ समाज लसएन्जल्सको संस्थापक अध्यक्ष ईश्वर गुरुङ्ले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
 
कार्यक्रमको उद्घाटन भने गुरुङ समाजको तर्फबाट वृद आमाहरू द्वोय तेजमाया गुरुङ र लाक्पा लामाले दीप प्रज्वलन गरी गर्नुभएको थियो साथै अन्त्यमा समुदायका  सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू एवं स्थानीय सङ्घ संस्थाको प्रमुख तथा प्रतिनिधिहरूलाई संस्थाको अध्यक्ष ज्ञानेन्द्र गुरुङ्ले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।