मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

निर्मला हत्याको अनुसन्धान जारी छ : प्रहरी प्रवक्ता

निर्मला हत्याको अनुसन्धान जारी छ : प्रहरी प्रवक्ता


काठमाडौँ । नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्याबारे प्रहरीले इमान्दारपूर्वक उच्च प्राथमिकता साथ अनुसन्धान गरिरहेको बताएका छन् । 
 
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले पन्तको हत्याको अनुसन्धानमा प्रहरीलाई कुनै दबाब नआएकाले चाँडै दोषी पत्ता लाग्ने विश्वास व्यक्त गरेका छन् । 
 
“नेपाल प्रहरीलाई निर्मला हत्याको दोषीलाई सार्वजनिक गर्न हतार छ,”–उनले भने । 
 
उनले समाजमा पेशेवर अपराध, गुण्डागर्दी, प्राकृतिक स्रोत साधन दोहन गर्ने समूह घटे पनि सामाजिक विकृतिका घटना बढेको बताए । 
 
प्रवक्ता सुवेदीले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमलाई सफल बनाउन ७४७ स्थानीय तहमा समझदारी भइसकेको र १० हजार विभिन्न समिति निर्माण भइसकेको बताए। 
 
उनले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम सञ्चालन गरेपछि एक हजार १५० फरार अपराधी पत्ता लाग्नुका साथै १५० थान अवैध हातहतियार बरामद गरिएको बताए । 
 
प्रहरीले बलात्कारका घटनामा ९७ प्रतिशतसम्म सफल अनुसन्धान गरिसकेको उनको दाबी थियो । 
 
प्रवक्ता सुवेदीले रामबहादुर बम्जनको आश्रमबाट पाँच जना बेपत्ता भएको घटनाबारे प्रहरीले उच्च प्राथमिकताका साथ अनुसन्धान गरिरहेको बताए । उनले ३३ किलो सुन प्रकरणपछि अवैध सुन समात्ने क्रम बढेको पनि सो अवसरका बताएका छन् ।