मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

धादिङमा बरामद ४ किलो सुन राजस्व पुग्दा बन्यो तामा

धादिङमा बरामद ४ किलो सुन राजस्व पुग्दा बन्यो तामा


काठमाडौं । गत १९ पुसमा प्रहरीले धादिङको गजुरीबाट ४ किलो सुन बरामद गरेको भन्दै पत्रकार सम्मेलन गरेको थियो । प्रदेश ३ प्रहरी कार्यालय हेटौँडा र इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको टोलीले बरामद गरेको सुनसहित तीन आरोपीलाई सार्वजनिकसमेत गरेको थियो ।
 
प्रहरीले ४ किलो सुनसहित रसुवाको उत्तरगया गाँउपालिका–२ का २७ वर्षीय सन्जित वाइबा, नुवाकोट–५ का २२ वर्षीय सुरेन्द्र तामाङ र २४ वर्षीय विकास तामाङलाई पक्राउ गरेको हो भने एक जना फरार भएका थिए । 
उनीहरु चढेको बा ८७ प ७७३१ र प्रदेश ३–०२–००३ प २५४० नम्बरको पल्सर मोटरसाइकलसमेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख डम्बरबहादुर विकले बताएका थिए । 
 
प्रहरीले यसरी बरामद गरेको सुन राजस्व अनुसन्धान विभागमा तुरुन्तै दाखिला गर्नुपर्छ । तर, राजस्व अनुसन्धान विभाग भन्दैछ, ‘धादिङमा बरामद भएको भन्दै प्रहरीले बुझाएको सुन होइन, तामा र ढलोट मिसिएको धातु हो ।’ 
 
बरामद भएको सुन नै नक्कली हुनसक्ने अथवा बरामद भएपछि राजस्व अनुसन्धानसम्म पुर्याउँदा साटिएको हुन सक्ने संभावना रहेको बताइन्छ । 
 
यसअघि पनि यस्ता प्रकृतिका घटना हुँदै आएकाले बरामत सुन एक्कासि कसरी तामामा परिणत हुनसक्छ भन्ने आशंका जन्माएको छ ।