मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

लङमन्ट हिमालयज् लायन्स क्लवका पूर्व अध्यक्ष ईन्टरनेशनल प्रेसिडेन्ट एवार्डबाट सम्मानित

लङमन्ट हिमालयज् लायन्स क्लवका पूर्व अध्यक्ष ईन्टरनेशनल प्रेसिडेन्ट एवार्डबाट सम्मानित


कोलोराडो अमेरीका- नेपालीको सकृयतामा कोलोराडोमा गठित लङमन्ट हिमालयज् लायन्स क्लबका पूर्व अध्यक्ष प्रमोद श्रेष्ठ लायन्स ईन्टरनेशनल प्रेसिडेन्ट एवार्डबाट सम्मानित भएका छन् ।

६ नर्थईष्ट ईन्भार्रमेन्टल चियर श्रेष्ठलाई लायन्स प्रति समर्पित भई नेतृत्वदायक भुमिकामा रहि अतुलनिय सेवा गरेको भन्र्दै ईन्टरनेशनल प्रेसिडेन्ट एवार्डबाट सम्मान गरिएको हो । एकदर्जन भन्दाबढी लायन्स क्लव र डिष्टीकका पदाधिकारीहरुको उपस्थिती रहेको क्यविनेट मिटिङमा गत सनिबार उनलाई एवार्ड प्रदान गरिएको थियो ।

लङमन्ट स्थित स्थानीय एभरेष्ट रेष्टुरेन्टमा आयोजित कार्यक्रममा, ६ नर्थईष्टका डिष्टिक गर्भनर क्यारोल ल्याम्बट, पूर्ब गर्भनर केन नोर, प्रथम उपाध्यक्ष मिसायल गिल, द्धितिय उपाध्यक्ष पेन स्टिड, पत्रकार, समाजसवी, क्लबका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

नेपाल र अमेरिकाको राष्ट्रियगान गाएपछि सुरुभएको कार्यक्रममा सबै क्लबहरुले एक बर्षको अबधिमा गरेको कामको प्रगती, कामगर्दा आईपरेका समस्या र चुनौती, समस्या समाधानका उपायहरु एक आपसमा सुनाएका थिए । बातावरण संरक्षण, प्रकोपमा राहत, दृष्टिबिहिनलाई सहयोग तथा समस्याको समाधान, शिक्षा र खानाको लागी बिश्वव्यापी सहयोग अभियान चलाउदै आएको लायन्सले, तेश्रो क्याबिनेट मिटिङमा क्लबका पदाधिकारीहरुले एक आपसमा अनुभब आदान प्रदान गरेका हुन् ।

सहभागी क्लबहरुले स्कूलमा बालबालिकाहरुको आ“खा जांच, चश्मा संकलन तथा बितरण , बृक्षरोपण, खाना बितरण, सदस्य बिस्तार, सहयोग संकलन, छात्रबृती बितरण, पुस्तक संकलन, समुदाय बिस्तारमा सहयोग र क्लबको भावी योजना बारे सुनाएका थिए । यसै क्रममा कार्यक्रम आयोजक संस्था लङमन्ट हिमालयजले, नेपालका बाढी पिडीतलाई आर्थिक सहयोग संकलन तथा बितरण, हात खुट्टा नभएका बाल बालिकाहरुलाई नक्कली साधन निर्माणगरी बितरणगर्न सहयोग, नेपाली भाषा कक्षा संचालन, बृक्षरोपण, घरबार बिहिनलाई खाना बितरण, क्लबको वेभसाईड शुरु, लियो बाल क्लब गठन, चस्मा संकलन तथा बितरण जस्ता कार्यक्रम गरेको, आगामी बर्षमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने अध्यक्ष बिकल पराजुलीले बताएका थिए ।

कार्यक्रममा एक समारोह बिच लायन्सको सहभागीतामा गत तिहारमा देउसी भैलो खेलेर संकलन गरेको रकम नेपालीहरुको सामुदायीक भवन निर्माणगर्न नेतृत्व गरिरहेको संस्था नेपाली घरका अध्यक्ष लछुमन रानालाई हस्तान्तरण गरिएको थियो । सोही कार्यक्रममा लङमन्ट लायन्समा आवद्ध नया“ सदस्यहरुलाई भब्य स्वागत गरिएको थियो ।