मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएन अमेरिकाको सदस्यता नवीकरण गर्ने १५०० भन्दा पनि कम

एनआरएन अमेरिकाको सदस्यता नवीकरण गर्ने १५०० भन्दा पनि कम


हिमालयखवर संवाददाता
अमेरिका- प्रत्येक साता कुनै  न कुनै सहरमा गैर आवासीय नेपाली राष्ट्रिय समन्वय परिषद् (एनआरएन) अमेरिका सदस्यता विस्तार अभियान आयोजना गरिएपनि हालसम्म करिब १५ सयले मात्र सदस्यता नवीकरण गरेका छन् ।
 
आगामी फ्र्रेवअरी १५ सम्म सदस्यता नवीकरण गर्नेले मात्र आउने नेतृत्व चयनका लागि मतदान गर्न पाउँछन् । यसका लागि अव तीन साता मात्र बाँकी छ ।
 
दुई वर्ष अघि करिब १५ हजारले एनआरएन अमेरिकाको सदस्य भएका थिए । १० हजार भन्दा वढीले निर्वाचन प्रक्रियामा भाग लिई मतदान गरेका थिए ।
 
अहिले सम्म करिब करिब ७ सय साधारण सदस्य, करिब ६ सय पहिलेका आजीवन सदस्य र करिब ७ जना नयाँ आजीवन सदस्य छन् । आजीवन सदस्यले पनि नवीकरण भने गर्नु पर्छ ।
 
अमेरिकामा करिब ३  लाख नेपाली समुदायको बसोबास रहेको अनुमान छ । किन सदस्यता नवीकरणमा उदासिनता देखियो ? एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेल भन्छन् पछिल्ला दिनमा सदस्य बन्ने क्रम बढेको छ, मलाई लाग्छ फ्रेवअरी १५ सम्म सदस्यता लिनेको सङ्ख्या १० हजार नाध्छ ।
 
अन्तिम समयमा सदस्यता बन्ने चलनले पनि अहिले सदस्य सङ्ख्या सानो देखिएको डा पौडेलले दाबी गरे ।
 
एनआरएन अमेरिकाको सदस्य भएर के हुन्छ र बन्ने भन्नेहरू पनि छन् । संस्था प्रति चासो नराख्नेहरू पनि छन् । मैले २० जनालाई एनआरएनको सदस्य बन्न भने तर, दुई जनाले मात्र हुन्छ बन्छौँ भन्छन् एनआरएन अभियानमा सक्रिय पूर्व पदाधिकारीले भने ।
 
पटक पटक विवाद हुने, गुटबन्दी, नेतृत्वले सबै क्षेत्रलाई समेटेर लैजान नसक्नु , एनआरएन अमेरिकाको प्रभाव एनआरएन आईसीसीमा खासै नदेखिएकाले लगायतका कारणले सदस्य बन्न धेरै उदासीन देखिएका हुन् ।
 
तर, डा पौडेल भने यसलाई स्विकार्दैनन् । एनआरएन अमेरिका प्रति समुदायमा सकारात्मक धारणा बन्दै गएको उनको दाबी छ । दुई वर्ष अघि पनि यस्तै अवस्था थियो पछिल्ला दिनमा सदस्य बन्नेको चाप अत्यधिक बढ्यो , पौडेलले भने अहिलेपनि हतोत्साहित हुनु पर्ने अवस्था छैन ।
 
एनआरएन अमेरिकाको सदस्यता बन्न एनआरएन अमेरिकाको आधिकारिक वेभसाइटमा गएर तोकिएको विवरण भर्नु पर्छ । फोटो र परिचयपत्र पनि राख्नु पर्छ । तर, यो राख्न निकै सजिलो छ । फोन वा कम्यूटरमै भएको फोटो एल्बमवाट छानेर हाल्ने वा तत्काल फोटो खिचेर राख्न सकिन्छ । परिचयपत्र राख्न पनि कुनै समस्या छैन । तत्काल आफ्नो डिभाइसबाट फोटो खिचेर उपयोग गर्न सकिन्छ । सदस्यता बन्न २० अमेरिकी डलर शुल्क तिर्नु पर्छ ।
 
आवश्यक शुल्क तिरेपछि इमेलमा सन्देश आउँछ । सदस्यता भेरिफाई भएपछि फेरी सदस्य बनेको जानकारी इमलेवाट आउँछ । अहिले अध्यक्ष आफैले सदस्यता भेरिफाई गर्ने गरेका छन् ।
 
भेरिफाई नभएका कति छन् ? अध्यक्ष पौडेल भन्छन् , भेरिफाई हुन नसकेका त्यस्तै १ सय जति होलान् । कतिको फोटो, आइडी नभएर भेरिफाई नभएको हो , रित पूर्वक आएकाको झेरिफाई हुने गरेको छ । यसरी त्रुटिपूर्ण विवरण राख्नेलाई पनि फोन सम्पर्क गरेर सच्चाउने भनेको छु , पौडेलले भने । एकजनाले आफ्नो फोटो राख्नुपर्ने स्थानमा घरको फोटो राख्नु भएछ डा पौडेलले भने ।
 
यो साता सदस्यता भर्नेको सङ्ख्या निकै बढेको पनि पौडेलले जानकारी दिए ।
 
चुनाव जित्न भोटका लागि सदस्यता बनाउने गरिएको कुरा पनि एनआरएन अमेरिकामा पटक पटक उठ्ने गर्छ । यसरी आफै भोट बनाएर चुनाव जित्नेलाई हराउने भनेको बढी भन्दा बढी सदस्य बनेर नै हो एनआरएन अमेरिकाका अगुवाहरू भन्छन् समुदाय नै जागरुक भएर सदस्य वनने हो भने कुशल नेतृत्व छानिन्छ ।