मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पूर्वसांसद् भुसाललाई माउपार्टीमै फर्कन परिवारको आग्रह

पूर्वसांसद् भुसाललाई माउपार्टीमै फर्कन परिवारको आग्रह


भरतपुर । नेपाली कांग्रेस परित्याग गरी नेकपामा प्रवेश गरेका कांग्रेस पूर्वसांसद् एवम् पूर्व जिल्ला सभापति तीर्थ भुसाललाई परिवारका सदस्यहरुले पुनः कांग्रेसमा फर्कन आग्रह गरेका छन् । 
 
भुसालका श्रीमती, छोरा, भाइ, दिदीसहित ११ जनाद्वारा हस्ताक्षरित विज्ञप्तिमा तत्काल माउ पार्टी कांग्रेसमै फर्कन आग्रह गरिएको छ । नेपाली कांग्रेस चितवनले भुसाललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निस्काशन गरेको जनाएको छ ।
 
कांग्रेसको राजनीतिमा लामो इतिहास कायम गरेपछि बेइमानी गरेको भन्दै कांग्रेसले भुसाललाई पार्टी सदस्यता खारेज गरेको जनाएको छ । उनीप्रत कांग्रेसले सधैँ उच्च मूल्यांकन गरे पनि पार्टीले गरेको उच्च मूल्यांकनलाई लत्याएर प्रलोभनका कारण नेकपामा प्रवेश गरेको कांग्रेस चितवनले ठहर गरेको छ । 
 
सञ्चारमाध्यममार्फत भुसालले नेकपामा प्रवेश गरेको समाचारले आफूहरु आश्चर्यमा परेको कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले बताए । पार्टीले कार्यवाहक सभापति, सुकुमबासी आयोगको अध्यक्ष र सांसद् निर्वाचित गरेको उल्लेख गर्दै सबै अवसर लिएपछि पार्टीप्रति बेइमानी गरेको उनले बताए । 
 
भुसाल ०५१ सालको प्रतिनिधिसभामा चितवन क्षेत्र नं ४ बाट निर्वाचित भएका थिए भने ०६४ सालको संविधानसभा निर्वाचनमा विपक्षीलाई सघाएका थिए । 
 
हरेक निर्वाचनमा आफैँले टिकट पाउनुपर्ने महत्वाकांक्षा राख्ने उनी ०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि पुष्पकमल दाहाल प्रचण्डलाई खुलेरै सघाएका थिए । विगतदेखि नै शंकास्पद् गतिविधिका कारण तीनवर्षयता पार्टीको गोप्य छलफलमा सहभागी गराउन छाडेको कांग्रेस चितवनमा सचिव उत्तम जोशीले बताए ।