मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

पत्रकार गाैतम अमेरिकामा अस्वस्थ

पत्रकार गाैतम अमेरिकामा अस्वस्थ


भर्जिनिया (अमेरिका)– नेपाल अमेरिका पत्रकार संघ (नेजा) का संस्थापक सदस्य जयदेव गौतमको उपचारमा अार्थिक सहयोगका लागि नेजाले अग्रसरता लिएको छ । 
 
लामो समयदेखि बिरामी भएर उपचाररत गाैतमको लागि नेजाले सहयोगका लागि पाँचसय एक डलर राखेर गोफण्ड खाता खोलेको छ । उक्त खातामा सहयोग गरिदिनका लागि नेजाले अमेरिकामा रहेका नेपाली पत्रकार तथा शुभेच्छुकहरूसँग अपिल गरेको छ ।
 
पाल्पा घर भई हाल अमेरिकाको भर्जिनिया बस्दैं आएका गाैतम करिब तीन महिना अस्पतालमा उपचार पश्चात हालै अस्पतालवाट घर फर्किएका छन् । तर पूर्ण रुपमा निको भने भैसकेका छैनन् । अहिले पनि उनको उपचार नियमित रुपमा भैरहेको छ । 
 
मिडिया मनिटर जिएमएमपीमा काम गरिसकेकेका गौतम नेपाल पत्रकार महासंघ पूर्व केन्द्रीय सदस्य, नेपाल खेलकुद पत्रकार मञ्चका पूर्व उपाध्यक्ष, नेपाल वातावरण पत्रकार संघका पूर्व सदस्य रहिसकेका छन् । 
 
नेपाली पत्रकारिताका एउटा इतिहास गौतमले लामो समय पत्रकारिता गर्दा युगसम्वाद साप्ताहिकको सहायक सम्पादक, कान्तिपुर दैनिक वरिष्ठ उपसम्पादक, चित्रण  साप्ताहिक, सत्य साप्ताहिक, सौर्य दैनिक, विश्व सन्देश साप्ताहिक लगायत दर्जन बढी संचारमाध्यममा काम गरिसकेका छन् । 
 
विभिन्न साहित्य संग्रह तथा फुटकर रचनाहरु प्रकाशन गरेर साहित्यकारको समेत परिचय बनाउनुभएका गौतम पत्नी र छोराका साथ अमेरिकामा बसोबास गर्दै अाएका छन् । अग्रज पत्रकार गौतमको उपचारमा सहयोग पुर्याउने उद्देश्यले नेपाल अमेरिका पत्रकार संघ(नेजा)ले गो फन्ड खोलेको हो । 
 
केही दिन अघि नेजाका अध्यक्ष सुदीप पन्तको नेतृत्वमा एक टोलीले भर्जिनिया गएर पत्रकार गौतमसग भेटघाट गरी उहाको स्वास्थ्य अवस्थादेखि उहाको आर्थिक अवस्था बारे जानकारी लिएको थियो । 
तत्पश्चात नेजाले उहाको सहयोगार्थ अभियान चलाउने निर्णय गरी ५ सय १ डलर राखेर गो फन्ड मी को सुरुवात गरेको छ । 
 
सदस्यहरुको दुःखमा  सदैंव नेजा सगैं रहदैं आएको छ र भविष्यमा पनि रहीरहनेछ भन्ने उद्घोष सहीत झण्डैं २५ हजार डलर लक्ष्य राखेर सुरु गरिएको गो फन्ड मी सहयोग गरिदिनुहुन सम्पूर्ण नेजा हार्दिक आग्रह गर्दछ ।