मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

लायन्सले दोश्रो चरणको नेपाली भाषा कक्षा संचालन गर्ने

लायन्सले दोश्रो चरणको नेपाली भाषा कक्षा संचालन गर्ने


नातिबाबु भट्ट
कोलोराडो (अमेरीका)- कोलोराडोको लङमन्ट स्थित हिमालयज् लायन्स क्लबको आयोजनामा नेपाली भाषा शिक्षा दोश्रो चरणको कक्षा यहि जनवरी २६ तरिक शनिबारबारबाट सुरु हुने भएको छ ।
 
लङमन्ट स्थित फायरहाउस आर्टसेन्टरमा प्रत्येक शनिबार बिहान ९ं.३० बजेबाट १०.३० बजे सम्म संचालन हुने र पछि बाल बलिका तथा अभिभावकबाट समय बढाउने सुझाव आएमा बिचारगर्न सकिने लायन्सका पूर्व अध्यक्ष प्रमोद श्रेष्ठले बताएका छन् ।
 
स्थानीय यसोदा भट्टले अध्यापन गराउने भाषा कक्षामा उपस्थित छात्र छात्राहरुलाई लेख्न पढ्न मात्र नभएर, नेपाली भाषामा बोल्ने, कथा, कबिता भन्ने, नाच गान गर्ने, कार्टुन देखाउने, अवलोकन भ्रमण गराउने जस्ता माध्यमबाट भाषा सिकाउने योजना रहेको लायन्स ६ नर्थ ईष्टका तृतिय उपाध्यक्ष जोशन श्रेष्ठले बताएका छन् ।
 
प्रवासमा नेपाल र नेपाली चिनाउने मुख्य माध्यम भनेकै हाम्रो भाषा संस्कृती हो । यहा जन्मेका बाल बलिकाहरुलाई यसरी भाषा संस्कृती सिकाउदै नजाने हो भने हाम्रो भाषा संस्कृती यहि पुस्तामा मात्र सिमित रहने खतरा बढ्दै गएको कारण भाषा शिक्षाको कार्यक्रमलाई निरन्तरता दिन लागिएको संस्थाका अध्यक्ष बिकल पराजुलीले बताएका छन् ।