मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

तिम्रो निम्ति शुभ समाचार बन्न सकिन

तिम्रो निम्ति शुभ समाचार बन्न सकिन


एक सनसनीपूर्ण अखबार बन्न सकिन
तिम्रो निम्ति शुभ समाचार बन्न सकिन
 
नाच भन्यौ नाचें, हाँस भन्यौ हाँसे तैपनि
तिम्रो दिलको प्रिय कलाकार बन्न सकिन
 
बल्ल जानें माया गर्नेहरु शंकालु हुन्छन् अरे
तिमीले चाहे जस्तो बफादार बन्न सकिन
 
सायद भाग्यरेखामा नकोरिएको हुँदो हो 
तिम्रो दिलको "रानी" लगातार बन्न सकिन
 
कहिले नमुर्झाउने प्रीत सम्झें गुलाफलाई
गुराँस  फूल  झैं  सदाबहार  बन्न  सकिन !!
 
– आशा गुरुङ 
क्यालिफोर्निया