मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

राष्ट्रपतिको नयाँ प्रस्ताव : पर्खाल लगाउने पैसा दिन तयार भए, टीपीएस र नाबालिग हुँदा अमेरिका आएका कागजातविहीनलाई स्थायी बसोबास

राष्ट्रपतिको नयाँ प्रस्ताव : पर्खाल लगाउने पैसा दिन तयार भए, टीपीएस र नाबालिग हुँदा अमेरिका आएका कागजातविहीनलाई स्थायी बसोबास


हिमालयखवर संवाददाता
अमेरिका-  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको सिमामा पर्खाल लगाउने आफ्नो प्रस्तावलाई   बजेट स्विकृत गरे ट्रम्प्रोररी प्रोटेक्ट स्टाट्स (टीपीएस) भएका व्यक्ति र  नाबालिक हुदां अमेरिका आई यही बसेका कागजात विहिनलाई थप समय र स्थायी बसोवास अधिकार दिने प्रकृया अघि वढाउन सकिने प्रस्ताव गरेका छन् ।
 
दक्षिण सिमामा पर्खाल लगाउन प्रस्तावित  ५ अर्ब ७० करोड अमेरिकी डलर बजेट स्विकृत गरे पर्खालमा पैसा दिन इन्कार गरेको विपक्षी डेमोक्र्याट पार्टीको समर्थन रहेको  यी दुई प्रस्तावको समर्थन गर्ने राष्ट्रपतिले वताएका हुन ् ।
 
शनिवार टेलिभिजन सम्वोधन गर्दै राष्ट्रपतिले आफ्नो नयां प्रस्ताव अगाडी सारेका हुन् ।  डेमाक्र्याट पार्टीका पक्ष्ँवाट केही बर्ष अघि नाबालिक हुदां अमेरिका आएकालाई डीएसीए एक्ट अनुसार स्थायी बसोवास अनुमति दिने प्रस्ताव ल्याईएको थियो ।  डेमोक्र्याट पार्टी टीपीएसको पक्षमा छन् ।
 
 
यदी राष्ट्रपतिको यो प्रस्तावमा सहमती जुटे अमेरिकी सरकार आंशिक वन्द खुल्ने छ । विगत २८ दिनदेखि अमेरिकी सरकार खर्च विद्येयक हाउस अफ रेप्रेजेन्टेटिभ अर्थात कांग्रेसले स्विकृत नगरेकाले खर्च अभावमा सटडाउन भएको छ । यसवाट अमेरिकी सरकारका करिव ८ लाख कर्मचारी प्रभावित भएका छन् । अत्यावश्यक वाहेक अन्य कयौं सरकारी काम कारवाही प्रभावित भएको छ ।
 
टीपीएस भएका व्यक्तिलाई स्थायी बसोबासका लागि थप समय  र स्थायी सुविधा दिने राष्ट्रपतिको प्रस्ताव स्विकत भए करिव १० हजार नेपालीलाई पनि फाइदा हुने छ । टीपीएस लिएका करिव १० हजार नेपालीले राष्ट्रपतिको प्रस्तावमा सहमति जुटे स्थायी बसोवास अनुमती पाउने संभावना हुने छ ।  दैवि प्रकोप भएको वेला उक्त देशका अमेरिकामा भएका नागरिकलाई दिईने टीपीएसमा करिव ३ लाख व्यक्ति अमेरिकामा छन् । राष्ट्रपति ट्रम्प यस अघि टीपीएसको विपक्षमा थिए । उनले कार्यकारी अधिकार लिएपछि नेपाल लगायत अन्य केही देशका नागरिकले पाएको टीपीएस सुविधाको अवधि थप गरिएको थिएन ।
 
नेपालीले पाएको टीपीएको अवधि सकिन अव केही महिना मात्र बांकी छ ।
 
तर, कांगे्रसमा बहुमत पार्टी डेमोक्र्याट पार्टी नेता नेन्सी पोलेसीले भने राष्ट्रपतिको यो प्रस्तावालई अस्विकार गरेकी छिन् । राष्ट्रपतिले पहिले सरकार सटडाउनको वाटो खोज्नु पर्ने त्यस पछि मात्र थप विषयमा छलफल हुन सक्ने वताएकी छिन्  । राष्ट्रपतिको आधिकारिक संवोधन आउनु अघिले पोलेसीले प्रस्तावको विरोध गरेकी हुन् ।
 
राष्ट्रपतिको प्रस्तावमा तत्काल आपतकालिन मानविय सहयोगका लागि ८० करोड र लागु औषत ओसार पसार रोक्न अर्को ८० करोड ५ लाख पनि राष्ट्रपतिले आफ्नो प्रस्तावमा राखेका छन् ।
 
एक बर्ष अघि डेमाक्र्याट पार्टीका सिनेटरले यदी ड्रीम एक्ट भनिने डीएससीए मञ्जुर गरे सिमा क्ष्ँेत्र मजबुत वनाउन २५ अर्ब बजेट स्विकृत गर्ने प्रस्ताव अगाडी सारेका थिए । यो प्रस्तावले १८ लाख नाबालिक हुदां अमेरिका आई यही बसोवास गरेका कागजात विहिनलाईलाई स्थायी बसोवासको बाटो खुल्थ्यो । तर, राष्ट्रपति ट्रम्पले त्यसवेला यसलाई इन्कार गरेका थिए ।
 
तर, पोलेसीले राष्ट्रपतिको प्रस्तावमा कतिपय विषय अहिलेनै अस्विकृत भईसकेको र असल नियतले नआएको टिप्पणी गरेकी छिन् ।
 
राष्ट्रपतिले शनिवार अपरान्हको सम्वोधनमा गैरकानुनी रुपमा अमेरिका पस्न खोज्ने लस्करका कारण मानविय संकट आएको विवरण प्रस्तुत गरेका थिए । खुला सिमाका कारण अमेरिकामा लागुऔषद आउने गरेको, गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्ने क्रममा तीन जनामा एक जनाको बलात्कार हुदैं आएको र कयौंलाई आपकालिन स्वास्थ्य उपचार दिनुपर्ने अवस्था आउने गरेको राष्ट्रपतिको सम्वोधनमा उल्लेख छ ।
 
राष्ट्रपतिले सिमा क्षेत्रवाट हुने गैरकानुनी कामको विवरण नलुकाई प्रस्तुत गरेका थिए । तस्बिर: सामाजिक संजाल