मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

देशलाई समृद्ध बनाउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री पौडेल

देशलाई समृद्ध बनाउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री पौडेल


चितवन । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हरेक व्यक्ति कुनै न कुनै माध्यमबाट उत्पादनसँग जोडिनुपर्ने बताएका छन् । 
 
उनले आजैदेखि उत्पादनसँग जोडिन नसकिए आत्मनिर्भर हुँदै गएको पोल्ट्री क्षेत्रसमेत धराशायी हुन समय नलाग्ने बताए । 
 
शुक्रबार चितवन महोत्सवको समापन गर्दै मुख्यमन्त्री पौडेलले केही वर्ष अगाडिसम्म खाद्यान्न निर्यात गर्ने नेपालले अहिले अर्बौँ रुपैयाँको खाद्यान्न आयात गर्नु परिरहेको बताए । 
 
भोलिका दिनमा आउनसक्ने गम्भीरतालाई आजैका दिनदेखि सोच्दै हरेक व्यक्ति उत्पादनसँग जाडिनुपर्ने पौडेलले बताए ।
 
उद्योग वाणिज्य संघ चितवनले आयोजना गर्दै आएको चितवन महोत्सवलाई राष्ट्रिय स्तरको महोत्सव बनाउनका लागि सबैको साथ र सहयोगको आवश्यकता रहेको वक्ताहरुले जोड दिएका छन् । 
 
चितवन महोत्सवका मूल संयोजक सहनलाल प्रधानले महोत्सव सोचे अनुसार सफल भएकाले आगामी दिनमा महोत्सवलाई थप परिस्कृत गर्दै लैजान उत्साह थपिएको बताउनुभयो । पुष २५ गतेदेखि नारायणगढको नारायणी नदी किनारमा सञ्चालन भएको महोत्सवमा पाँच लाख दर्शकले अवलोकन गर्नुका साथै २५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको प्रधानले बताए ।
 
सो कार्यक्रममा ३ नम्बर प्रदेशसभाका सदस्यहरु घनश्याम दाहाल, विजय सुवेदी, नेकपा चितवनका नेता यमबहादुर परियार, नेपाली काँग्रेस चितवनका नेता रामकृष्ण घिमिरे, चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, पोल्ट्री व्यवसायी गुणचन्द्र विष्ट, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीलगायतले मन्तव्य राखेका थिए ।