मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

जनवरी २६ मा गजलको अर्को धमाका

जनवरी २६ मा गजलको अर्को धमाका


ड्यालस (टेक्सस) – गत वर्षको धमाकापूर्ण गजल महोत्सवपछि जनवरीको अन्तिम साता फेरि ड्यालसमा ‘गजल उत्सव–२’ हुने भएको छ ।
 
आउँदो जनवरी २६ तारिक अर्भिङको नेपाली मन्दिरमा दोस्रो गजल उत्सव हुन लागेको हो । गजल यात्रा र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डालसको आयोजनामा हुन लागेको यस पटकको कार्यक्रमको अन्तिम तयारीमा आयोजकहरु व्यस्त छन् ।
 
गजल उत्सवमा सहभागी हुन अमेरिकाका बिभिन्न राजयहरुमा रहेका गजलकारहरु समेत ड्यालस आउने भएका छन् । कार्यक्रममा गायकहरुले गजल समेत गाउनेछन् । 
 
आयोजकहरुले कार्यक्रमलाई भव्य र मनोरञ्जनात्मक बनाउने तयारी गरिरहेका छन् । ड्यालसका गजलप्रेमीहरुले गजल सुनाउने र सुन्ने कोठे कार्यक्रमबाट सुरु भएको गजल यात्राले संस्थागत रुप लिइसकेको छ । गत वर्ष निकै प्रशंसा बटुलेको यो कार्यक्रमलाई यस पटक झनै भव्य बनाउने तयारीमा आयोजकहरु तल्लिन छन् ।