मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

बिरामीको मृत्युपछि अस्पताल तनावग्रस्त

बिरामीको मृत्युपछि अस्पताल तनावग्रस्त


राजविराज । उपचारका क्रममा एक बिरामीको बुधबार मृत्यु भएपछि राजविराजको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल तनावग्रस्त बनेको छ । 
 
बिहान उपचारका लागि भर्ना भएका छिन्नमस्ता गाउँपालिका–६ कोचाबखारीका ५० वर्षीय सहदेव सदाको मृत्यु भएपछि बिरामीका आफन्त, विद्यार्थी तथा युवाले प्रदर्शन गर्दा अस्पताल तनावग्रस्त बनेको हो । अस्पताल परिसरमा प्रदर्शन भएपछि स्वास्थ्य सेवासमेत प्रभावित भएको छ । 
 
बिहान ४ बजे अस्पताल ल्याइएका सदाको बिहान ७ बजे मृत्यु भएपछि चिकित्सकको लापरवाहीले मृत्यु भएको आरोप लगाउँदै आफन्तले प्रदर्शन गरेका छन् । 
 
प्रदर्शनकारीले मृतकलाई शहीद घोषणा गर्नुपर्ने, मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, स् लापरवाही गर्ने चिकित्सकलाई कारवाही गर्नुपर्नेलगायत माग राख्दै जुलुस निकालेका थिए । 
हातखुट्टा दुखेर अस्पताल भर्ना भएका सदालाई सुई लगाएर स्लाइन चढाएपछि मृत्यु भएको उनकी छोरी बिनकलादेवी सदाको आरोप छ । 
 
स्थिति नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भावेश रिमालको कमाण्डमा यतिबेला अस्पतालको सुरक्षा व्यवस्था कडा बनाइएको छ । तनावपछि अस्पतालका आकस्मिक विभागका कर्मचारी सेवा बन्द गरी बाहिरिएका छन् । 
 
अस्पतालका डा रञ्जीत झाले उपचार गर्दागर्दै भएको मृत्युप्रति दुःख व्यक्त गर्दै चिकित्सकले उपचार गरेकै कारण मृत्यु भएको भ्रम फैलाएर सो अवस्था सृजना गर्न खोजिएको बताए । रासस