मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

उपचार खर्च तिर्न नसक्दा दुई महिनादेखि अस्पतालमै बन्धक

उपचार खर्च तिर्न नसक्दा दुई महिनादेखि अस्पतालमै बन्धक


नवलपरासी । अस्पतालमा लागेको उपचार खर्च तिर्न नसक्दा पश्चिम नवलपरासीका एक बिरामी गत दुई महीनादेखि अस्पतालमै बन्धक भएका छन् । 
नवलपरासीको सुनवल नगरपालिका–४ हडाहाका रामदारस बेलदार बुटवलस्थित जेनस अस्पतालमा बन्धक छन् । 
 
गत कात्तिकमा खेत जोत्ने क्रममा ट्र्याक्टरबाट खसेर गम्भीर घाइते भएपछि उनलाई उक्त अस्पताल भर्ना गरिएको थियो । 
 
उपचारको खर्च करीब नौ लाख लागेकोमा बिरामी पक्षले अहिलेसम्म चार लाख तिरेको उनकी श्रीमती ज्ञान बेलदारले जानकारी दिए । 
 
बाँकी पाँच लाख अस्पताललाई तिर्न नसकेपछि पछिल्लो दुई महिनादेखि बेलदार अस्पतालमा नै बन्दी बनेको बेलदारकी श्रीमती ज्ञानले गुनासो गरे । 
 
ठेकेदार थगवा चौधरीको ट्र्याक्टरले खेत जोत्दै गर्दा बेलदार ट्र्याक्टरबाट खेसेर ट्र्याक्टरको हलोमुनि परी गम्भीर घाइते भएका थिए । 
 
अहिलेसम्मको केही पैसा ट्र्याक्टरधनी चौधरीले तिरिदिएको भए पनि बाँकी पैसा तिर्न नसकेपछि बिरामीलाई अस्पतालले घर जान दिएको छैन । केही पैसा गाउँमा चन्दा उठाएर दिने र केही पैसा अस्पतालले छुट गरिदिन माग गर्दासमेत अस्पतालले अस्वीकार गरेको सुनवलकी समाजसेवी विमला अर्यालले जानकारी दिइन् । 
 
ज्यालादारी गरेर परिवार चलाउँदै आएका मजदुर बेलदारको परिवारमा ससाना तीन बच्चासहित पाँच जनाको परिवार छ । परिवारको मुख्य व्यक्ति नै अस्पतालमा बन्धक भएपछि बेलदार परिवारलाई अहिले दैनिक छाक टार्न समस्या भएको छ । रासस