मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

वाइडबडी घोटाला प्रकरणमा ओली र प्रचण्डको संलग्नता छ : देउवा

वाइडबडी घोटाला प्रकरणमा ओली र प्रचण्डको संलग्नता छ : देउवा


धनगढी । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल वायु सेवा निगमको वाइडबडी विमान घोटाला प्रकरणमा सत्तारुढ नेकपाका दुवै अध्यक्षको संलग्नता रहेको बताएका छन् । 
 
नेपाल प्रेस यूनियन कैलालीले सोमबार बिहान धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले वाइडबडी विमान घोटाला प्रकरणमा प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को संलग्नता रहेको दाबी गरेका हुन् । 
 
देउवाले तत्कालीन नेकपा एमालेका अध्यक्ष ओली नेतृत्वको तत्कालीन सरकारले जहाज खरिदका लागि पहल गरेको र तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले जमानत बसेर बोलपत्र खरिद गर्ने निर्णय गरेको बताए । 
 
‘वाइडबडी प्रकरणमा मेरो हैन, ओली र प्रचण्डजीको प्रत्यक्ष संलग्नता छ । ओली प्रधानमन्त्री भएको बेला सरकारले जहाज खरिदका लागि उपसमिति गठन गरेको हो । प्रचण्ड प्रधानमन्त्री भएका बेला जमानत बसेर बोलपत्र खरिद गर्ने सरकारले निर्णय गरेको हो,’ सभापति देउवाले भने ।  
 
उनले वाइडबडी विमान घोटाला प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको जिकिर गर्दै आफ्नो नाम जोडेर मिडियावाजी गरेर अन्याय गरिएको गुनासो गरे ।
 
‘०७४ सालमा म प्रधानमन्त्री हुँदा पर्यटन मन्त्रालयसहित १८ मन्त्रालय खाली थिए । त्यसबेला जहाज खरिदका लागि भुक्तानी दिएको भन्दै मेरो नाम जोडिएको छ, त्यसबारे मलाई केही जानकारी छैन,’ उनले प्रष्ट्याए । 
 
तत्कालीन सरकारले मन्त्रीस्तरीय निर्णय गरेको देखिए आफूलाई मुछ्नु स्वाभाविक हुने भन्दै उनले वाइडबडी विमान घोटाला प्रकरणमा आफू निर्दोष रहेको प्रष्ट पारे ।
 
‘खाली रहेका १८ मन्त्रालयमा कहाँ के हुन्छ मलाई के थाहा रु सबै मैले कसरी थाहा पाउनु ? ‘यदि मैले मन्त्रीस्तरीय निर्णय गरेको भए म दोषी हुन्थे, वाइडबडीका विष्यमा मलाई केही थाहै छैन, कसरी मेरो सलग्नता हुन्छ ?’ देउवाको प्रश्न थियो ।