साहित्य / विविध / फिचर

खुशी

1301 पटक पढिएको

– श्रद्धा अधिकारी

कथा | 13th Jan 2019, Sunday | २०७५ पुष २९, आईतवार १९:१०
एक धनाढ्य व्यापारीलाइ भ्याकेसन मनाउनका लागि समुन्द्र छेउको होटेलमा बस्ने ठूलो रहर थियो । उस्लाई समुन्द्र छेउमा बसेर घाम ताप्दै खानेकुरा खान खुब रहर थियो ।
 
उ भ्याकसेसनका लागि गयो । त्यहाँ पुग्दापुग्दै रात पर्‍यो  । भोलीपल्ट घाम झुल्किए सँगै उ समुद्र छेउमा जान्छ । 
 
उ समुन्द्रको तटमा लम्पसार परेर समुन्द्रलाई नियाली रहेको थियो । त्यही क्रममा साधारण जस्तो देखिने मन्छे बल्छी थाप्दै थियो । उसले अाफ्नो अाइडिया लगाएर दुइवटा माछा बल्छीमा पार्यो । 
 
भ्याकेसन मनाउन गएको व्यापारीले त्यो मानिसले बल्छी थापेको, माछा समातेको हेरिरह्यो । दुइवटा माछा समातेर त्यो माझी नजिकै रहेको सानो टहरोजस्तो घरमा पस्यो । व्यापारीले छक्क परेर हेर्दै सोच्यो–कति चाँडो यो मानिसले माछा समातेर गयो । 
 
भोली फेरि त्यो ब्यापारी त्यसरी नै घाम ताप्न निस्कियो । फेरि पनि त्यो माझी त्यसरीनै आयो बल्छी हान्न । अाज पनि उसले दुइवटा माछा समात्यो र फर्कियो । 
 
अब त्यो ब्यापारीको मनमा जिज्ञासा पैदा भयो–यस्तो राम्रो माछा मार्न शीप भएको मान्छे किन दुइटा मात्रै माछा मार्छ फर्किहाल्छ ? अझै धेरै समातेको भए त हुन्थ्यो नि । यही सोचेर उसले त्यो मानिससँग कुरा गर्ने विचार गर्छ । 
 
भोलीपल्ट पनि फेरि व्यापारी समुद्र किनारमा पल्टिएर घाम तापिरहँदा बल्छी हान्ने मानिस अायो । व्यापारीले बल्छी हानिरहेको मानिसलाइ हिजो अस्तिभन्दा पनि निकै गहिरिएर हेर्यो । 
 
अाज पनि उसले दुइवटै माछा समात्यो । दुइवटा माछा बल्छीमा पर्ने बित्तिकै उ घर फर्किन तयारी गर्न थाल्यो । व्यापारीले अवसर यही हो भन्ने सोचेर उ भएको छेउमा पुग्यो । 
 
‘दाइ, तिमी किन दुइवटा मात्र माछा मारेर फर्किहाल्छाै ?‘
‘मलाइ दुइवटा भए पुग्छ । धेरै किन चाहियो र ?‘
‘दुइवटा माछाले पुगिहाल्ने तिम्रो परिवारमा को को छन् ?‘ व्यापारीले सोध्यो ।
‘मेरो परिवारमा म एक्लै छु,‘ उसले भन्यो । 
 
ब्यापारीले भन्छ–‘दाई तिमी जस्तो माछा मर्ने शीप मसँग भइदिएको भए म त के के गर्थे होला ?‘
‘के गर्नुहुन्थ्यो ?‘ माझीले सोध्छ ।
 
‘म त माछा मार्थे अनि माछाकै ब्यापार गर्थे । एउटा पानी जहाज किन्थे । माछा मार्ने कामलाइ ठूलो व्यबसायका रूपमा विस्तार गर्थे । अलास्कासम्म पुगेर माछा मारेर व्यापार थाल्थे,‘ व्यापारीले अाफ्नो योजना माझीलाइ सुनायो । 
‘तपाइ त्यसरी कहिलेसम्म काम गर्नुहुन्थ्यो त ?‘ माझीले सोध्यो ।
 
‘त्यस्तै २० वर्ष जति गर्थे‘ व्यापारीले भन्यो । 
 
‘२० वर्षपछि चाँही के गर्नुहुन्थ्यो नि ?‘ माझीले सोध्यो ।
 
व्यापारीले सुनायो–‘२० वर्षसम्म माछाको व्यबसाय गरेपछि म छोरालाइ जिम्मा लगाउँथे। त्यसपछि यस्तै समुद्रको किनारमा सानो चिटिक्कको घर बनाएर बस्थेँ । सानो डुङ्गा लिएर समुद्रमा दिनदिनै बल्छी हानेर ताजा माछा समात्थे । अनि बेलुका लगेर त्यही माछा चट्ट पकाएर खान्थेँ । भोलीपल्ट, पर्सीपल्ट, हप्ताै, महिनाैसम्म यसैगरि बिताउँथे म त ।‘
 
व्यापारीको कुरा सुनेर माझी मुसुक्क हाँस्यो । उसले भन्यो–‘अनि मैले चाँही के गरेको जस्तो लाग्छ त तिम्लाइ ? जिन्दगीको अन्तिममा अाएर रिटायर्ड लाइफ बिताउनका लागि यहि ठाउँमा अाउनु छ भने किन २० वर्षसम्म बृद्ध उमेरसम्म दुःख गर्नु ?‘
 
माझीको कुरा अझै पनि व्यापारीले बुझेन । 
कुरा नबुझेको थाहा पाएर माझी भन्छ–‘हेर भाइ, मानिसको जीवनमा सबैभन्दा मुख्य कुरा खुशी हो । खुशीका लागि जिन्दगीको अन्तिम क्षणमा रिटायर्ड लाइफ किन पर्खिनु ? यी हेर मलाइ, म कति खुशी छु । धन कमाएरमात्र खुशी होइने होइन । तिमीले खुशीका लागि २० वर्षसम्म पर्खिने कुरा गर्यो, म सुरूबाटै खुशी छु । मैले नत छोराछोरीसँग छुट्टिनु परेको छ, नत छोराछोरीको मायाँको बन्धनमै बाँधिनुपरेको छ । नत डिभोर्सको झण्झट, सम्पत्तिको मोहनै राख्नुपरेको छ ।‘
 
व्यापारीले गरिब माझीबाट खुशी के हो भन्ने विषयमा ठूलो ज्ञान प्राप्त गर्यो ।