मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ड्यालसमा मनाइयो पृथ्बी जयन्ती र एकता दीवस

ड्यालसमा मनाइयो पृथ्बी जयन्ती र एकता दीवस


ड्यालस (टेक्सस) – नेपालको राष्ट्रिय एकताका अभियन्ता तत्कालिन बडामहाराज पृथ्बीनारायण शाहको जन्म जयन्ति तथा राष्ट्रिय एकता दीवस शनिबार ड्यालसमा मनाइएको छ ।
 
नेपाली मन्दिरमा आयोजना गरिएको कार्यक्रममा स्थानीय नेपाली समुदायका अगुवाहरुले भावी पुस्तालाई नेपालको सही इतिहास जानकारी दिनका लागि बडामहाराज पृथ्बीनारायण र एकता दीवसको महत्व अझै प्रगाढ रहेको बताए । 
 
स्थानीय अगुवाहरुले स्वपूmर्त रुपमा आयोजना गरेको कार्यक्रममा मन्दिरका तीनजना पुजारीहरुबाट पानसमा दीप प्रज्वलनका साथै स्वस्तीवाचनबाट सुरु भएको थियो । 
 
त्यस अवसरमा नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र बोर्ड अफ ट्रस्टीका अध्यक्ष विनय अर्याल, नेपाली समाजका अध्यक्ष सुमन थापा र देवीप्रसाद पाण्डेले संयुक्त रुपमा स्व. पृथ्बी नारायण शाहको तस्विरमा माल्र्यापण गरेका थिए । 
 
समारोहमा सहभागी भएका अधिकांश महिला, पुरुषले नेपाली पोशाक लगाएका थिए । कार्यक्रममा पृथ्बी नारायण शाह नेपालका कुनै बेलाका राजामात्र नभएर नेपाललाई बलियो बनाउने र एकीकरणको सुरुवातकर्ता समेत भएको वक्ताहरुले बताएका थिए ।
 
स्व. पृथ्बीनारायण शाहले त्यतिखेर दिएका उपदेशहरु अहिलेको समाजका लागि पनि त्यत्तिकै उपयोगी भएको वक्ताहरुको भनाई थियो । उनका सन्ततीहरुले देशको हित र जनमतको ख्याल नगरेकै कारण देशबाट राजतन्त्र समाप्त हुन पुगेको वक्ताहरुले बताए । 
 
नेपालको राष्ट्रिय गानबाट कार्यक्रम सुरु भएको थियो ।