मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

मन्त्रीद्वारा प्रदेश २ मा पर्यटन सचिव कुटिए

मन्त्रीद्वारा प्रदेश २ मा पर्यटन सचिव कुटिए


जनकपुर – प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले उद्योग वन तथा पर्यटन मन्त्रालयका सचिवमाथि हातपात गरेका छन्। प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले सचिवमाथि हातपात गरेका छन् । 
 
उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई मन्त्री यादवले आफ्नै कार्यकक्षमा बोलाएर कुटपिट गरेका हुन् । आफूले भनेको एनजिओलाई योजना नपारेको भन्दै मन्त्री यादवले कार्यकक्षमै बोलाएर कुटपिट गरेको सचिव झाको भनाइ छ। ‘आफूले भनेको एनजिओलाई योजना नपारेको भन्दै सभामुखकै अगाडि झापड हान्नुभयो’, सचिव झाले भने।
 
मन्त्री यादवले सचिवमाथि हातपात गर्दा सभामुख सरोज यादव पनि मन्त्रीकै कार्यकक्षमा थिए ।