मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ड्यालसमा शनिबार एकता दीवस मनाइदै

ड्यालसमा शनिबार एकता दीवस मनाइदै


ड्यालस (टेक्सस) – वीर पुर्खाहरुप्रति सम्मान गर्नुपर्छ भन्ने धारणा बोकेका नेपाली समुदायका सदस्यहरुले आउँदो शनिबार ड्यालसमा नेपालका राष्ट्र निर्माता बडामहाराजधिराज पृथ्बी नारायण शाहको सम्झना गर्दै राष्ट्रिय एकता दीवस मनाउने भएका छन् ।
 
‘आउँदो शनिबार दिउँसो १ बजे राष्ट्र निर्माताको सम्झना गर्ने कार्यक्रम तय भएको छ,’ आयोजक समितिका संयोजक देवीप्रसाद (दीपक) पाण्डेले भने । जनवरी १२ तारिक शनिबार दिउँसो १ नेपाली मन्दिर अर्भिङमा कार्यक्रम राखिएको छ । 
 
‘पुर्खालाई सम्मान नगर्ने, उनीहरुको योगदानलाई नसम्झिने हो भने हामी नेपालीको इतिहासै नामेट भएर जानेछ, हामीले सन्ततीलाई सही र सत्य इतिहास समेत दिन सक्नेछैनौ । त्यसो हुँदा पृथ्बी नारायण शाहको योगदानलाई कदर गर्र्दै सम्मान गर्न यो कार्यक्रम आयोजना गर्ने निर्णय गरेका हौँ,’ पाण्डेले भने । उनले यो कार्यक्रम अमेरिकामा रहेका सबै नेपालीहरुको कार्यक्रम भएकोले सहभागी भइदिन आग्रह पनि गरेका छन् । 
 
यसपटकको पृथ्बी जयन्ति तथा राष्ट्रिय एकता दीवस २९७ औँ हो । बिसं. १७७९ सालमा गोरखामा जन्मिएका पृथ्बी नारायण शाहले त्यतिखेर साना साना राज्यमा रहेको नेपाललाई एकीकरण गरेका थिए । उनले एकीकरण गरेर नेपालको सिमाना पूर्बमा टिष्टा नदी र पश्चिममा कुमाउ, गढवालसम्म पु¥याएका थिए । जुन भूभाग पछि ब्रिटिशसँगको युद्धमा नेपालले गुमाएको थियो । 
 
‘अहिले नेपाल र नेपाली भनेर संसारमा चिनिने अवसर पृथ्बी नारायण शाहलेनै दिलाएका हुन्,’ पाण्डेले भने । त्यसो हुँदा अमेरिकामा रहेका सबै जात, भूगोलबाट आएका नेपालीहरुले मिलेर यो दीवस मनाउने निधो भएको उनले बताए ।
 
केही वर्षयता नेपाल सरकारले पृथ्बी जयन्ति तथा राष्ट्रिय एकता दीवसको बिदा कटौती गरेको छ । यसप्रति पनि प्रवासमा रहेका नेपाली समुदायले चिन्ता व्यक्त गर्दै इतिहास नामेट गर्न नहुनेमा जोड दिएका छन् ।