मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

९० घन्टा लगातार भाषण गर्ने केसी सम्मानित

९० घन्टा लगातार भाषण गर्ने केसी सम्मानित


काठमाडौँ । लगातार ९० घण्टा दुई मिनेटसम्म भाषण गरेर ‘गिनिज वल्र्ड रेकर्ड’ कायम गर्न सफल अनन्तराम केसीलाई सोमबार काठमाडौँमा सम्मान गरिएको छ । 
 
व्यक्तित्व विकास मनोशक्ति जागरण अभियानले आयोजना गरेको कार्यक्रममा प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङ र पूर्वपर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले केसीलाई संयुक्त रुपमा सम्मान गरे । कार्यक्रममा वल्र्ड रेकर्डको प्रमाणपत्रसमेत सार्वजनिक ग¥यो । 
केसीले गत भदौ ११ देखि १५ गतेसम्म लगातार ९० घण्टा दुई मिनेट भाषण गरेर वल्र्ड रेकर्ड कायम गरेका थिए । केसीले प्राप्त गरेको प्रमाणपत्रमा लगातार ९० घण्टा दुई मिनेट भाषण गरी नयाँ वल्र्ड रेकर्ड कायम गरेकाले सो प्रमाणपत्र प्रदान गरिएको उल्लेख छ । 
 
नुवाकोट शिवपुरी गाउँपालिका–१ का केसीले भारत केरेलाका केपी भाल साराजानले ८१ घण्टा १६ मिनेट बोलेर कायम गरेको विश्व कीर्तिमानलाई तोडेका छन् ।  
 
न्यू माइण्ड्स एकेडेमीको आयोजनामा केसीले गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीस्थित इस्टपोल स्कूलमा वक्तव्य दिएका थिए । नेपालको ७७ वटै जिल्ला र भारतको छ प्रान्तका गरी १२ हजार ५०० किलोमिटर पैदलयात्रा गरिसकेका केसी आध्यात्मिक साधकसमेत हुन् । केसीले २१ दिन जल उपवास र छ महिना मौन ध्यान साधना पूरा गरिसकेको सो अवसरमा जानकारी दिइएको थियो । 
 
कार्यक्रममा सो अभियानमा केसीलाई सहयोग पु¥याउने विभिन्न क्षेत्रका ५० भन्दा बढी महानुभावलाई प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।