लसएन्जलस (क्यालिफोर्निया)- लसएन्जल्समा तामाङ सोसाईटी अफ लसएन्जल्स ले नयाँ बर्ष २०१९को अवसर तथा सोनाम ल्होछारको विशेष कार्यक्रम गर्ने भएका छन् ।
फेब्रुअरी १० तारिखमा तारा हिमालयन कुजिन आर्टेशिया शहरमा ल्होछार पर्ब विभिन्न सांस्कृतिक कार्यक्रमको साथमा भव्यरुपमा मनाउने भएका छन् ।
नेपालका विभिन्न जातिका छुट्टा-छुट्टै कला र संस्कृतिले भरिपूर्ण नेपाली लसएन्जल्स नेपाली समाजको एक छुट्टै पहिचान बोकेको सामुदायिक संस्था तामाङ समाज हो । जसले आफ्नो पहिचानलाई विदेशी भूमिमा पनि प्रबर्धन र सम्बर्धन गर्दै आईरहेको छ ।
प्रवासमा रहेर पनि आफ्नो संस्कृतिको जगेर्ना गर्नु सिङ्गो नेपालको लागि गौरव भएको उल्लेख गर्दै मनोरंन्जनात्मक ढंगले ल्होछार मनाउनको निम्ति संस्थाका अध्यक्ष टेक लामाले बताएका छन् ।
प्रतिक्रिया