मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

ह्युस्टन तताउन आउँदैछन् काली (अडियो सहित)

ह्युस्टन तताउन आउँदैछन् काली (अडियो सहित)


हिमालयखवर संवाददाता- 
ह्युस्टन (टेक्सास) । नेपाली संगीत क्षेत्रका अत्यन्त लोकप्रिय संगितकार काली प्रसाद बास्कोटा आफ्नो सांगितिक यात्रा लिएर आउँदो जनवरी १२ तारिक, शनिवार ह्युस्टन आउँदैछन् । 
 
संगीतकार काली,  गीत लेख्छन् अनि आंफै पनि गाउछन् । विगत पाँच वर्षयता काली प्रसाद स्वदेश र विदेशका नेपाली श्रोताहरुमाझ सबैभन्दा मन पराइएका गायक संगितकार हुन् । 
 
उनको सुन सांहिली … अहिलेसम्म सबैभन्दा धेरै श्रोताले रुचाएको गीत मानिन्छ । त्यसो त नीर जहिले रिसाउने , ठमेल बजार ,पिरतिको छाता ओडाउन जस्ता गीतहरु पनि निक्कै लोकप्रिय भएका छन् । 
 
पप गायनबाट संगीत यात्रा शुरु गरेका काली प्रसाद अहिले नेपाली लोक  र आधुनिक संगीतको " फ्यूजन मास्टर"  मानिन्छन् । 
 
फिरफिरे त्यो पातको फिरफिरे , दैब हे यो सपनाको ,हेरिरहन देउ जस्ता मन छुने गीतका सर्जक काली , नेपाल आइडल सिजन -१ र २ का जज बनेपछि झनै लोकप्रीय बने । उनै चर्चित संगितकार काली प्रसाद ह्युस्टनका नेपालीहरु माझ पहिलो चोटी आफ्नो प्रस्तुति लिएर आउने खबरले नेपाली समुदाय तरङ्गित बनेको छ । 
 
नेप्लिज एसोशिएसन अफ ह्युस्टनले खुकुरी इन्टरटेनमेन्ट एण्ड इभेन्ट्ससंग मिलेर आयोजना गरेको यो सांगितिक साँझ स्थानीय ताज हलमा राखिएको छ । साँझ ८ बजेदेखि राती १२ बजेसम्म चल्ने उक्त कार्यक्रममा प्रवेश पाउन अग्रिम टिकट लिनेलाई $ २० र हलमै लिनेलाई $२५ तोकिएको छ । 
 
कार्यक्रमबाट उठेको रकम खर्च कटाएर पशुपति मन्दिर एवम् सामुदायिक केन्द्र प्राङ्गणमा निर्माण गरिने सकर (फुटबल ) मैदानमा लगाइने जानकारी नेप्लिज एसोसिएशन अफ ह्युस्टनले दिएको छ । 
 
एनएएचले उक्त सांगितिक कार्यक्रममा नेपालीहरुको व्यापक सहभागितकोलागि सबैलाई आह्वान समेत गरेकोछ ।