मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

विकास निर्माणले तीव्रता पाउँछ : प्रधानमन्त्री ओली

विकास निर्माणले तीव्रता पाउँछ : प्रधानमन्त्री ओली


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब विकास निर्माणका कामले तीव्रता लिने बताएका छन् । 
 
प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा झापाका नेता तथा स्थानीय तहका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतसँग भेट गर्दै उनले कतिपय विकास निर्माणका योजना संघ वा प्रदेश कसले सञ्चालन गर्ने भन्ने द्विविधाका कारण कामले गति लिन नसके पनि अब त्यसलाई समाधान गरेर अगाडि बढ्ने बताए । 
 
“संघ र प्रदेशको कसको अधिकार भन्ने द्विविधाले विकासले तीव्रता पाउन सकेन”, उनले भने, “अब कस्ता योजना कसले सञ्चालन गर्ने भनेर स्पष्ट भइसकेकाले सबै योजना तीव्रताका साथ अगाडि बढ्छन् ।” 
 
सो अवसरमा प्रधानमन्त्री ओलीको गृहनगर दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिनाले दमकमा सञ्चालनको तयारीमा रहेका राष्ट्रिय आयोजनाको प्रगतिबारेमा उनलाई जानकारी गराएका थिए । 
 
दमकसभा हल निर्माणाधीन अवस्थामा रहेको, पशुहाट बजार केन्द्रको निर्माण कार्य सम्पन्न भएको, दमक भ्यूटावरको विस्तृत परियोजना प्रतिवेदन९डिपिआर० तयार भएको तथा यसका लागि पाँच बिघा क्षेत्रफल जग्गा नपाको नाममा आइसकेको प्रशासकीय अधिकृत तिम्सिनाले उनलाई जानकारी गराए । 
 
दमक औद्योगिक क्षेत्रको मुआब्जा वितरणको तयारी भइरहेको तिम्सिनाले जानकारी गराए । दमक–३ मा निर्माण हुने विश्वकै अग्लो बुद्धको मूर्तिका लागि सात बिघा जग्गा नगरपालिकाको नाउँमा दर्ता भइसकेको, २० बिघा जग्गाप्राप्तिका लागि झापा जिल्लाबाट सिफारिश गरी पठाएको तिम्सिनाले उल्लेख गरे । 
 
सो आयोजनाको डिपिआर तयार भएको र दमक नपाले जग्गा व्यवस्थापनका लागि आवश्यक समन्वय र पहल गर्न नगर प्रमुखको संयोजकत्वमा एक समिति बनाएको तिम्सिनाले जानकारी गराएका थिए । 
 
प्रतिनिधिमण्डलमा नेकपाका केन्द्रीय सदस्य नरेश खरेल र देवेन्द्र दाहाल सांसद पवित्र निरौला खरेल, पूर्वसांसद दीपक कार्की, जिल्ला समन्वय समितिका झापाका संयोजक सोमनाथ पोर्तेल दमक नपा प्रमुख रोमनाथ ओली, नेकपाका नेता चिन्तन पाठक, गगन पुरीलगायत सहभागी थिए ।