मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

काठमाडौँको तापक्रम शून्य डिग्रीमा, माइनसमा झर्न सक्ने पूर्वनुमान

काठमाडौँको तापक्रम शून्य डिग्रीमा, माइनसमा झर्न सक्ने पूर्वनुमान


काठमाडौँ । काठमाडौँ उपत्यकाको तापक्रम शून्य डिग्रीमा झरेको छ । तापक्रम घटेसँगै अंग्रेजी नयाँ वर्षकै दिन यस वर्षकै बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो अध्यधिक बढेको छ । 
 
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज उपत्यकाको तापक्रम वर्षकै सबभन्दा कम मापन गरिएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ० दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ । 
 
आइतबार काठमाडौँको न्यूनतम तापक्रम १ दशमलव ० डिग्री सेल्सियस थियो । अब केही दिन काठमाडौँको न्यूनतम तापक्रम ० देखि ३ को हाराहारीमा रहने मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । 
 
तापक्रम निरन्तर घट्दै गयो भने काठमाडौँको तापक्रम केही दिनमै माइनसमा झर्न सक्ने महाशाखाले जनाएको छ । 
 
महाशाखाको पछिल्लो विवरणानुसार डडेल्धुरा, धनकुटा, नेपालगञ्ज, सिमरा र पोखराको तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ । 
 
त्यस्तै जिरी, जोमसोम र जुम्लाको तापक्रम माइनस २० सम्ममा झरेको छ । विभागका अनुसार धरानको न्यूनतम तापक्रम ११ दशमलव ४ डिग्री सेल्सियस अधिकतम २४ दशमलव ५ डिग्री सेल्सियस रहेको छ । 
 
देशभर नै चिसोले जनजीवन प्रभावित बन्न पुगेको छ । चिसोले गर्दा पूर्वी तराई, उत्तरी क्षेत्र र पश्चिमका ग्रामीणवस्ती बढी प्रभावित छन् । 
चिसोको असरले रुघाखोकी, कोल्ड डायरियाका बिरामी अस्पतालहरुमा बढेका छन् ।