मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जानी राखे राम्रो    
अमेरिका समाचार   
जो चर्चामा रहे   

सन् २०१८ मा अमेरिकाका नेपाली, जो चर्चामा रहे

सन् २०१८ मा अमेरिकाका नेपाली, जो चर्चामा रहे


सन् २०१८ अमेरिकामा चर्चामा रहेका नेपाली छान्न हामीलार्ई त्यति सजिलो भएन । अमेरिकामा नेपाली समुदाय बिस्तार भईरहेको छ । जनसंख्याको हिसावले तीन लाख भन्दा वढी नेपाली स्थायी रुपमा अमेरिका बसोबास गर्दै आएको अनुमान गरिएको छ ।
यस मध्ये कसले कसरी काम गर्यो त भन्ने सवैको लागि चासोको विषय हो । अमेरिकामा बस्ने तीन लाख नेपाली समुदाय भित्र थुप्रै दक्ष व्यक्तिहरु छन् । डाक्टर, इन्जिनियर, बैज्ञानिक, व्यवसायी, विभिन्न पेशाकर्मीको कमी छैन । वासिङटन डिसी स्थित विश्व बैंकमा कार्यरत नेपालीको संख्या पनि कम छैन । यस मध्ये कति नाम आफ्नो कामको दायरा काटेर वाहिर आए, कति आएनन् । आफ्नो पेशागत काम त छदैं छ । त्यसवाट अलिकति बाहिर निस्केर समाजका लागि काम गर्ने व्यक्तिका आधारमा अमेरिकामा चर्चामा रहेका १० जना छनौट गरिएको हो । यी नाम वाहेक समाजका लागि योगदान दिने कैयौ हुनुुहुन्छ । उत्कृष्ट कामले चर्चा पाइन्छ तर, विवादले पनि चर्चामा ल्याउँछ । यस अनुसार यी नामहरु हामीले छानेका हौं  ।
सन् १८ मा अमेरिका बस्ने नेपालीले गर्व गर्न लायक विषय भनेको नेपाल जाने रेमिट्यान्समा अमेरिकामा पहिलो स्थानमा आउनु पनि हो । नेपालमा अमेरिका युरोप जस्ता विकसित देशमा वस्नेले नेपाल पैसा पठाउँदैनन ।  खाडी मुलुकवाट मात्र पैसा आउने हो भन्ने प्रायमा भ्रम थियो । नेपालको गत आर्थिक बर्षको तथ्यांकले यो असत्य साबित गरेको छ । अमेरिकावाट नेपालको गत आर्थिक बर्षमा एक खर्ब ७० अर्ब रुपैंया रेमिट्यान्स नेपाल भित्रिएको तथ्यांक केही दिन अघि सार्वजनिक भएको थियो ।
घरजग्गा किन्न होस वा लगानीका लागि अमेरिका बस्ने समुदायले नेपाल पैसा पठाईरहेका छन् । रेमिट्यान्स नेपालको अर्थतन्त्र धान्ने एउटा बलियो खम्बा हो । कुल ग्रार्हस्थ उत्पादन जीडीपीमा यसको यसको योगदान झण्डै ३० प्रतिशत छ । यो सवै अमेरिका बस्ने नेपालीका लागि गर्बको विषय हो ।
यो बर्ष नेपालीका लागि सावार्धिक चर्चामा मेरिल्याण्ड राज्यको निर्वाचनमा उम्मेदवार भएको ह्यारी भण्डारी रहे । उनले जित्लान भन्ने प्रश्न देखि उनको विजय चर्चामा रह्यो । ह्यारीको सफलताले नेपालीलाई अमेरिकी राजनीतिमा जान अभिप्रेरित गरेको छ । नेपालको राजनीतिको मात्र कुरा छाडेर अव नेपाली समुदायको यहाँको चुनावमा पनि चासो देखाउन थालेको छ । ह्यारीको जीतमा नेपाली समुदायको पनि योगदान थियो । उनले चुनावी अभियानमा गरेको कुल खर्चमा झण्डै ८० प्रतिशत नेपाली समुदायले नै चन्दाका रुपमा दिएका थिए ।
अमेरिकी निर्वाचनमा मात्र होइन, आफ्नो धर्म संस्कृत्ति अगाडी वढाउनपनि सन् २०१८ मा नेपालीहरुले विभिन्न प्रयास गरे । बोष्टनदेखि सनफ्रान्सिस्ससम्म नेपाली हिन्दु मन्दिर र बुद्ध  केन्द्र बनाउन सकृय रहे । यस्तै लगानी र व्यवसायीक क्षेत्रमा पनि नेपाली समुदाय अगाडी वढीरहेको छ । यी सकारात्मक पक्ष हुन् । तर, जुन रुपमा चर्चित १० छान्न सजिलो हुनु पर्थ्यो,  त्यो भएन । अर्को बर्ष अझ बढी नेपाली समाजमा देखिने छन् भन्ने आशा भने हाम्रो छ । यसरी नाम छान्नु जोखिम पनि हो सुचीमा परेका नाम मात्र चर्चामा भएका हुन भन्ने दावी पनि हामी गर्दैनौ । यसका लागि विज्ञ पाठकको रचनात्मक सहयोगको आग्रह गर्छौ । तर, यी नामले सन् २०१९ मा पनि केही प्रभाव पार्छन भन्ने हामीलाई लाग्छ । नेपाली समुदायले आफुलाई अझ बृहत वनाउन पर्ने चुनौती भने यद्यपी छ । यही आरोह अवरोह विच हाम्रो टिमले छानेका सन् २०१८ का  उष्कृष्ट १० नाम यहां प्रस्तुत गरिएको छ ।
ह्यारी भण्डारी (राजनीति)
नेपालको पर्वत जिल्लामा जन्मेर केही बर्ष अघि अमेरिकाको नागरिकता लिएका ह्यारी भण्डारीमा अमेरिका भित्रै केही गर्नु पर्छ भन्ने हुटहुटी थियो । त्यही हुटहुटीले उनलाई अमेरिकी राजनीतिमा सफलता मिलेको छ । सन् २०१८ को नोभम्बर महिनामा भएको निर्वाचनमा ह्यारी मेरिल्याण्ड राज्यको डिस्ट्रिक ८ वाट स्टेट डेलीगेट्समा निर्वाचित भए । २२ हजार भन्दा बढी भोट पाएर ह्यारीले यो सफलता चुमेका थिए । अमेरिकी राजनीतिमा पस्नु र जित्नु ह्यारीका लागी सजिलो थिएन । उनले आफ्नो निर्वाचन अभियानमा डेमोक्रेट पार्टीको समर्थन जुटाउन सफल मात्र भएनन नेपाली समुदायलाई पनि आफ्नो अभियानमा सरिक गराएका थिए । ह्यारीले पनि आफ्नो जित प्रति अमेरिका भरी वस्ने नेपाली समुदायलाई धन्यवाद दिए  ।
ह्यारी सबै नेपाली जस्तै दुईवटा सुट्केस, झोला र मनभरी सपना लिएर सन् २००५  अक्टोबरमा अमेरिका आएका थिए । पढाईलाई निरन्तरता दिन ग्याँस स्टेशनमा काम गरे । पढाईसँगै उनले यहाँ केही गर्नु पर्छ भन्ने सपनालाई पनि जगाईरहेका थिए ।
अमेरिकाको राजनीतिकमा के ले आकर्षित गर्यो भन्ने प्रश्नमा हिमालयखवरसँग ह्यारीले भनेका छन् यहाँ अमेरिकन चाइनिज, र अमेरिकी इण्डियनहरुले अमेरिकी राजनीतिमा गतिलो प्रभाव दिन थालेको र म उनीहरुको आवाजको सुनुवाइ हुदैं गरेको देखेर नेपालीको आवाज बुलन्द गर्न राजनीतिमा लागेको हुँ । मेरो कदमले आउने पुस्तालार्ई मार्गनिर्देशन गर्न ठुलो सहयोग पुग्छ भन्ने मलाई विश्वास छ ।
ह्यारी अहिले स्टेट डेलिगेटका रुपमा मेरिल्याण्डका जनताका लागि काम गर्दै छन् । थप पढ्नको लागि यहाँ क्लिक गर्नुहोला
दिपेश श्रेष्ठ (व्यवसाय)
टेक्सस नेपाली समुदायको व्यवसाय फस्टाएको राज्य हो । यहाँ एक भन्दा वढी स्टोर र व्यवसाय हुने नेपाली कयौं छन् । त्यस माहोलमा सवैभन्दा बढी ग्याँस स्टेशन वा व्यवसाय हुने को  हुन ? भन्ने प्रश्न धेरैले गर्छन । यो प्रश्नको उत्तरमा धेरैले बताउने नाम हो दिपेश श्रेष्ठ । हिमालयखवरले पनि दिपेशसँग केही महिना अघि कुराकानी गर्ने क्रममा यही प्रश्न सोधेको थियो । तपाईका कतिवटा स्टोर वा व्यवसाय छ्न उनले उत्तरमा भने यती नै छन् भनेर संख्या नतोकौं तर, १०० भन्दा वढी छन् । सवै १०० वटा व्यवसाय उनकै भने होइनन् । त्यहाँ उनी र साझेदारहरु छन् ।
पढ्न भनेर अमेरिका आएका दिपेश १० बर्ष अघि टेक्सस डलासमा जागिर खोज्दै भौतारिएका थिए । पारिवारिक पृष्ठभूमी व्यापार नै थियो । घण्टाका हिसावले काम गर्दै जाँदा उनी व्यवसायमा लागे । १० वर्षमा उनले यो सफलता पाएका हुन् । करिव ४० बर्षका तन्नेरी दिपेश व्यवसाय विस्तारमा रोकिएका छैनन । अमेरिकामा ग्याँस स्टेशन वाहेक नयां क्षेत्रमा लगानी गरेका छन् भने नेपालमा पनि हाइड्रो लगायतका क्षेत्रमा लगानी गरेका छन्  । थप पढ्नको लागि यहाँ क्लिक गर्नुहोला
निलम कार्की निहारिका (लेखक साहित्यकार)
अमेरिका बस्दै आएकी साहित्यकार निलम कार्की निहारिकाले सन् २०१८ मा नेपाली साहित्यको सवैभन्दा चर्चित मदन पुरष्कार पाइन । पेशाले नर्स निलमको योगमाया उपन्यासले उक्त पुरस्कार पाएको हो । भोजपुरमा गएर ऐतिहासिक पात्र योगमायाको वारेमा अध्ययन गरेर योगमाया उपन्यास तयार पारिएको छ ।
नेपालमा रहँदा रेडियो नेपाल, नेपाल टेलिभिजनमा काम गरेर पारिवारिक कारण अमेरिका बस्दै आएकी निलमका यस अघि चीरहरण र अर्की आइमाई उपन्यास पनि प्रकाशित भएका छन् । चीरहरण महाभारतका पात्रको पृष्ठभूमिमा आधारित छ । मदन पुरस्कार पाएपछि निलमले भनिन् शारिरिक रुपमा अमेरिकामा बस्ने भएपनि अहिलेको सन्दर्भमा भुगोलले खासै महत्व राख्दैन । प्रत्येक बर्ष नेपाल पुग्ने र साहित्य सृजनामा सकृय निलमलाई मदन पुरष्कारले अहिले चर्चामा ल्याएको छ ।
नेपाली साहित्कार पारिजातकी प्रशंसक निलम सानै उमेर देखि साहित्य रचनामा सकृय थिईन । थप पढ्नको लागि यहाँ क्लिक गर्नुहोला 
संजय थापा (राजनीति)
प्रवासी मञ्चका पुर्व अध्यक्ष सजय थापा गैरआवासीय नेपाली संघ अमेरिका कार्यसमिति सदस्य पनि हुन् । बामपन्थी राजनीतिक नेतासँग राम्रो सम्वन्ध भएका सञ्जय नेपालमा कम्युनिष्ट पार्टीको सरकार भएकाले पनि चर्चामा आए । प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमणमा उनीसँगै देखिएका थिए  । एनआरएन अमेरिकाको कार्यसमिति भित्र पनि पनि शक्तिशाली मानिन्छन् । पछिल्लो साधारण सभामा उनले आफ्नो फरक  मत समेत राखेका थिए ।
संजय दुई बर्ष अघि न्यूयोर्कमा नेपाल व्यापार प्रवर्धन गर्ने कार्यक्रमसंग जोडिएर विवादमा पनि परेका थिए । यो विवादवाट मुक्त हुँदै उनी अहिले सामाजिक कार्यक्रमहरुमा सकृय छन् । एनआरएन अमेरिकाको अव केही महिना पछि हुने निर्वाचनमा पनि संजयको भुमिका महत्वपुर्ण हुने धेरैले अनुमान गरेका छन् ।
मोहन गुरुङ (समाजसेवी व्यवसायी)
नेपालको स्याङ्जा जिल्लामा जन्मेर अमेरिकाको सियाटलमा आई व्यवसाय  र समाजसेवामा संलग्न छन् मोहन गुरुङ । अमेरिका वसेर पनि उनले नेपाली समुदायको भाषा र संस्कृतिको उत्थानमा सकृय छन् । उनकै पहलमा वासिङटन राज्यमा संचालित स्कुलहरुपमा प्लसटुसम्म नेपाली भाषालाई दोस्रो भाषाका रुपमा छान्न पाउने भएको हो । सियाटलमा मोहनको परिचय एक जना सकृय समुदायिक कार्यकर्ताको रुपमा छ । उनी त्यहाँ रेष्टुरेण्टपनि चलाउँछन् ।
नेपालमा स्वास्थ्य क्षेत्रमा काम गरेका मोहन, पिसकोरका पुर्व कर्मचारी पनि हुन् ।
उनी व्यवसायी र समाजसेवी वाहेक साहित्यकारपनि हुन् । उनले थुप्रै कविताहरुपनि लेखेका छन् । सियाटल वाहेक अमेरिकाका विभिन्न क्षेत्रमा भएका कार्यक्रममा पनि मोहन पुग्ने गरेका छन् । थप पढ्नको लागि यहाँ क्लिक गर्नुहोला
नेपाली हिन्दु मन्दिर तथा बुद्ध केन्द्रका अभियन्ताहरु
बोस्टन, हुस्टन, डेनभर, बाल्टिमोर, अस्टिन लगायतका शहरमा सन् २०१८ मा नेपाली हिन्दु मन्दिर तथा बुद्ध केन्द्र वनाउने अभियाननै शुरु भयो । यस क्रममा चन्दा संकलनका लागि धार्मिक कार्यक्रमहरु भए । कैयौं नेपालीले आफ्नो सामर्थ अनुसार सहयोगको घोषणा गरेका छन् । लाखौ डलर उठेको छ । यी अभियानले केही समयमा नै यी शहरमा नेपाली हिन्दु मन्दिर र बुद्ध केन्द्र वन्ने भएका छन् । यो अभियानमा सहभागीहरु आफ्नो क्षेत्रमा चर्चामा पनि रहे । टेक्ससको डलास, लसएञ्जलसमा स्थापित हिन्दु मन्दिर र बुद्ध केन्द्रको सफलताले यो अभियान विस्तार भएको हो । यो अभियानले नेपाली समुदायलाई सनातन धर्म मात्र होइन आफ्नो संस्कृत्ति र परम्परा अर्को पुस्तामा सिकाउनपनि महत्वपुर्ण भुमिका खेल्ने छन् ।
अमेरिकाको निर्वाचनमा नेपाली
कोलोराडोका नवनिर्वाचित गभर्नर जेराल्ड पोलिस निर्वाचन अघि तीन पटक नेपाली अमेरिकी नारायण श्रेष्ठको घरमा पुगे । त्यहाँ नेपालीहरुसंग भेटघाट गरे । कुरा सुने । कोलोराडोकै सुरेन श्रेष्ठपनि निर्वाचनमा आफ्नो समर्थक डेमोक्रयाटीक पार्टीका उम्मेदवारलाई जिताउन सहयोग गरे । कोलोराडोमा मात्र होइन अन्य राज्यमा पनि नेपाली अव अमेरिकी राजनीतिमा चासो राख्न थालेका छन् । टेक्ससमा प्रभात दीक्षीत अमेरिका भित्रको राजनीति सकृय छन् ।
उनी आफुमात्र अमेरिकी राजनीतिमा सकृय भएका होइनन् नेपाली समुदायलाईनै अभिप्रेरित गरिरहेका छन् । स्थानिय देखि कांगेस र सिनेटसम्म उम्मेदवारसंग हिमचिम हुने क्रम बृद्धि भईरहेको छ । न्यूओर्क देखि क्यालिफोर्नियासम्म कयौं राज्यमा स्थानिय स्तरमा नेपालीहरु राजनीतिक तहमा सकृय भएको देखिन्छ । यसका अगुवाहरुले नेपाली समाजलाई यही आफ्नो पहिचान खोज्न सहयोग पुर्याईरहेका छन् । यसवाहेक अमेरिकी राजनीतिमा नेपालीहरु पुग्ने क्रम देखिन थालेको छ ।
सुनिल शाह (सामाजिक क्षेत्र)
सुनिल शाह गैर आवासिय नेपाली संघका वरिष्ठ उपाध्यक्ष हुन् । यसवाहेक आउने कार्यकालका लागि अध्यक्षका आकांक्षी पनि हुन् । यसका लागि शाहले विगत एक बर्ष देखिनै आफुलाई सकृय वनाएका छन् ।
प्रत्येक साता जसो विभिन्न राज्यमा नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममा उनी पुग्ने गरे । सुनिल टेक्ससमा व्यवसाय पनि गर्छन । एक बर्ष अघि काठमाडौमा आयोजित एनआरएन आईसीसीको सम्मेलनमा उनी विवादमा पनि तानिएका थिए । अहिलेपनि एनआरएन वेभसाइटको विषयमा उनी माथि कार्यसमिति भित्रै प्रश्न पनि उठिरहेका छन् । प्रश्नहरु उठेपनि अगामी नेतृत्वका दौडमा उनी अहिले एक्लो छन् ।
विष्णुमाया परियार (सामाजिक कार्यकर्ता)
डा विष्णुमाया परियार न्यूयोर्कमा घरेलु हिंसा, मानव अधिकार, समाजिक आर्थिक र राजनीतिक र शैक्षिकरुपमा महिला उत्थानका क्ष्ँेत्रमा कार्यरत छन् ।  समाजिक कार्यमा संलग्न हुदा विगतमा विभिन्न पुरस्कार पाएकी डा. परियारले सन् १९९६ मै काठमाडौमा दलित महिला उत्थान संघ स्थापना गरेकी  थिईन ।  सुरूमा १० हजार नेपाली रुपैंयावाट शुरु गरिएको यो संस्थाले अहिलेसम्म ६ करोड रुपैंया भन्दा बढी रकम संकलन गरि नेपालमा सहयोग गरेको छ । अहिले पनि डा. परियार अमेरिकामा महिला घरेलु हिंसा पिडितको हक अधिकारका लागि लागिरहनुभएको छ । यसकै पुरस्कार स्वरुप प्रत्येक बर्ष सेप्टेम्बर २७ लाई केन्टकी राज्यको लुईभील शहरले विष्णुमाया परिया– डे मनाउने घोषणा गरेको छ ।
प्रमोद रेग्मी (जहाज बनाउने नेपाली)
प्रमोद रेग्मी आफैंले घरमा जोडजाड गरेर वनाएको जहाज लिएर अहिले अमेरिकाका विभिन्न स्थानमा पुगिरहेका छन् । केही दिन अघि उनी टेक्सस डलासपनि यसरीनै आईपुगे ।
अमेरिकाको मेसा टेक्निकल स्कुलवाट इलेक्टिकल इन्जिनियरको अध्ययन पुरा गरेपनि प्रमोद रेग्मीले एरोजिम अवाजनवाट पाइलकोर्स पुुरा गरे । पेशाले इन्जिनियर भएपनि रेग्मलिे पाइलटको कोर्स पुरा गरेपछि प्लेन आफैँ बनाउने अठोट गरेका थिए । उनलाई जहाज तयार पार्न झण्डै डेढ वर्ष लाग्यो ।
सन २०१८ मा उनको जहाजले अमेरिकी सकारको हवाई विभाग यूएस गभर्न अफ एफएएमा सूचीकृत भयो । उनले उडान अनुमति पाए । यसको परिक्षण उडानपनि सफल भएको छ । सन् २०१९ मा अमेरिकाका सबै स्टेटहरुमा उडान गर्ने उनको लक्ष्य छ । थप पढ्नको लागि यहाँ क्लिक गर्नुहोला