मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

ऐतिहासिक पर्यटकीय गन्तव्य उपरदाङगढीको अवलोकन

ऐतिहासिक पर्यटकीय गन्तव्य उपरदाङगढीको अवलोकन


चितवन । चितवन उद्योग संघको पहलमा पर्यटकीय दृष्टिकोण एवम् ऐतिहासिक धरोहरको रुपमा विकसित हुँदै गएको उपरदाङगढी (किल्ला) को दुईदिने अवलोकन भ्रमण गरिएको छ । 
 
जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, सरकारी कार्यालयका प्रमुखहरु, विभिन्न पर्यटनसँग सरोकार राख्ने संघ–संस्था, स्थानीय सरोकारवाला निकायहरु, उद्योगीहरु गरी करिब पाँच दर्जनको सहभागितामा गढीको अवलोकन गरिएको होे । 
 
पृथ्वीनारायण शाहका नाति तथा उपरदाङगढी क्षेत्रका तत्कालीन प्रशासक शत्रुभञ्जन शाहले विसं १८५७ मा गढीको स्थापना गरेको जानकारहरू बताउँछन् । 
 
चितवन उद्योगका अध्यक्ष भेषराज दुवाडीको नेतृत्वमा भएको अवलोकन कार्यक्रममा उपरदाङ्गगढी (किल्ला) भित्र राष्ट्रिय झण्डाको झण्डोलोतनसमेत गरिएको थियो । प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतको प्रमुख आतिथ्यतामा झण्डोलोतन कार्यक्रम भएको थियो । 
 
गढीको मुलगेटमा राखिएको राष्ट्रिय झण्डालाई प्रमुख अतिथि बस्नेतले झन्डोलोतन गरेका थिए । उनले गढी चितवनको मात्र नभई राष्ट्रकै गौरवको विषय भएकोले चितवन उद्योग संघले गरेको यस्तो कार्यप्रति धन्यवादसमेत व्यक्त गरे । यसलाई राष्ट्रले एक गौरवको रुपमा विकास गर्नुपर्ने उनको भनाइ थियो । 
 
चारैतिर भिरालो जमिन र बीचमा रहेको थुम्को गढीको विशेषता हो । यो गढी ६३९ वर्ग मिटर र समुद्री सतहबाट १ हजार २७५ मिटर उचाइमा रहेको छ । चौघेरामा रहेको ढुङ्गाले बनेको गढीको किल्ला प्रवेश गर्ने एकमात्र ढोका रहेको छ । यसमा लगाइएको ढुङ्गाको पर्खाल ६ मिटर अग्लो र ३ मिटर चौडा छ । 
 
किल्लाभित्र कोतघर, पानी जम्मा गर्नका लागि इनार र चौतर्फी सुरक्षा घेराका लागि बनाइएका नौवटा प्वाल छन् । उपरदाङगढी चितवनमा भए पनि यो नाम देशकै इतिहाससँग जोडिएको छ । उपरदाङगढी चितवनको पुरानो सदरमुकाम हो, जसको इतिहास नेपालको एकीकरणसँग जोडिएको बताइएको छ ।
 
जस्मिन पेन्टस्का अर्याल सम्मानित  
 
चितवन उद्योग संघले उद्योगी लक्ष्मणप्रसाद अर्याललाई सम्मान गरेको छ । संघले जस्मिन पेन्टस् प्रालिका प्रबन्ध निर्देशक र संघका उपाध्यक्षसमेत रहेका उद्योगी अर्याललाई सम्मान गरेको हो । 
 
चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीका अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद अधिकारी र प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतलगायतले अर्याललाई दोसल्ला र सम्मान पत्रबाट सम्मान गरेका थिए । 
 
अर्याललाई लण्डनमा आयोजित ‘अन्तर्राष्ट्रिय विड अवार्ड’ र ‘नेपाल वेष्ट ब्राण्ड लिडरसिप अवार्ड–२०१८’ बाट सम्मानित गरिएको थियो । औद्योगिक विकासको लागि योगदान दिएको भन्दै सम्मान गरिएको अध्यक्ष दुवाडीले जानकारी दिए । कार्यक्रममा सम्मानित अर्यालले २५ वर्षेको व्यावसायिक यात्राको अनुभव बताएका थिए ।