मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

भरतपुर महानगरले बहुउद्देश्यीय व्यापारिक भवन बनाउने

भरतपुर महानगरले बहुउद्देश्यीय व्यापारिक भवन बनाउने


चितवन । भरतपुर महानगरपालिकाले चितवनको लायन्सचोकस्थित तरकारी मण्डी भएको ठाउँमा बहुउद्देश्यीय व्यापारिक भवन बनाउने भएको छ । 
 
यसका लागि ८ महिनादेखि थालेको प्रक्रियाअन्तर्गत नक्सालाई महानगरले अन्तिमरुप दिन लागेको हो । 
 
अन्डरग्राउन्ड पार्किङसहित १२ तलासम्मको व्यापारिक भवनमा बैंक तथा वित्तीय संस्था, मनोरञ्जन, होटल तथा रेस्टुरेन्ट, डिपार्टमेन्टल स्टोर, बाल उद्यानलगायत मानवजीवनका आवश्यक पर्ने सबै वस्तु उपलब्ध गराउने योजना रहेको बन्ने भरतपुर महानगरकी मेयर रेनु दाहालले बताइन् । 
 
योजनाअनुसारको भवन निर्माणसम्पन्न गर्न एक अर्बभन्दा बढी खर्च लाग्ने महानगरको अनुमान छ । त्यसका लागि नगर विकास कोष (टीडीएफ) मार्फत एसियाली विकास बैंक (एडीबी)बाट ऋण लिएर काम गर्ने योजना रहेको मेयर दाहालले बताइन् ।