मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पाटेबाघको छालासहित चार युवा पक्राउ

पाटेबाघको छालासहित चार युवा पक्राउ


मकवानपुर । दुर्लभ पाटेबाघको छालासहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । 
 
पक्राउ पर्नेमा थाहा नगरपालिका–८ बस्ने ३० वर्षीय दिलबहादुर घलान, सोही स्थानका ३२ वर्षीय आत्माराम घलान, ३० वर्षीय गोमलाल थिङ र धादिङ जिल्ला गजुरी गाउ“पालिका–८ का २७ वर्षीया दिलबहादुर तामाङ रहेका छन् । 
 
बाघको छालाको कारोबार हु“दै गरेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले थाहा नगरपालिका–३, दोबाटोबाट बाघको छालासहित चार युवालाई पक्राउ गरेको हो । प्लाष्टिकको बोराभित्र लुकाएर ल्याएको अवस्थामा बाघको छाला बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले बताए । 
 
थाहा नगरपालिका–३, दोबाटोमा डा“डाबासदेखि पालुङबजारतर्फ आउ“दै गरेको ना३५प ४३४२ नम्बरको मोटरसाइकल र ना२ह ३९२७ नम्बरको अटोमा सवार चार जनालाई बाघको छालासहित नियन्त्रणमा लिएको भट्टराईले जानकारी दिए ।