मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

गैरकानुनी रुपमा प्रवेश गरि एसाइलम गर्नेलाई फिर्ता लिन मेक्सिको सरकार सहमत

गैरकानुनी रुपमा प्रवेश गरि एसाइलम गर्नेलाई फिर्ता लिन मेक्सिको सरकार सहमत


गैरकानुनी रुपमा मेक्सिको हुँदै अमेरिका प्रवेश गर्ने मनिसहरुलाई अमेरिकामा अध्यागमन प्रकृया चलुन्जेलसम्मका लागि फिर्ता लिन मेक्सिको सरकार सहमत भएको छ । यो नयाँ नियमबाट नेपालीहरु समेत प्रभावित हुन सक्छन साथै हजारौ मेक्सिकन नागरिक समेत प्रभावित हुने छन् ।  
 
मेक्सिकोको सिमाक्षेत्रबाट दिनहु हजारौ आप्रबासीहरु अमेरिका गैरकानुनी रुपमा प्रवेश गर्छन ।  उनीहरुलाई अमेरिकामा अध्यागमन प्रकृया जारी रहँदासम्मका लागि मेक्सिको बस्नका लागि मानवीय भिसा दिने मेक्सिकोका अधिकारीहरुले बताएका छन् । 
 
अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले आप्रवासन संरक्षण नीतिका नाममा अमेरिकामा गैरकानुनी रुपमा प्रवेश गरेर एसाइलम आवेदन दिनेलाई अध्यागमन प्रकृयाभर मेक्सिको फिर्ता पठाउने नयाँ नीति ल्याएको हो ।