मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

इन्डोनेसियालीलाई राष्ट्रपति भण्डारीको ‘बधाई’ !

इन्डोनेसियालीलाई राष्ट्रपति भण्डारीको ‘बधाई’ !


काठमाडौं : ज्वालामुखी विस्फोटपछि आएको सुनामीमा दर्जनौँको मृत्यु भएको विषयलाई लिएर नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ठुलो त्रुटि भेटिएको छ। 
 
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा मृत्यु  भएको विषयमा 'बधाई' दिएको लेखिएको छ।  नेपालको प्रशासन कति कम्जोर छ भनेर  परराष्ट्र मन्त्रालयको यो लापरवाहीबाट पुस्टिहुन्छ ।  
 
विज्ञप्तिमा गणतन्त्र इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलाई नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले गत शनिबार सुनामीले कयौँ ज्यानहरू गएकोमा 'बधाई पठाईएको  लेखिएको छ। पहिलो वाक्यमा गम्भीर गल्ती भए पनि  दोस्रो अनुच्छेदमा भने दुःख व्यक्त  गर्दै  “सन्देशमा राष्ट्रपतिले कयौंको ज्यान गएकोमा नेपाल सरकार र आफ्नो व्यक्तिगत तर्फबाट गहिरो दुःख व्यक्त गर्नु भएको छ,” । विज्ञप्तिमा जारी उद्धार कार्यमा सफलता मिलोस् भन्ने कामना पनि गरिएको छ । 
 
गएको शनिबार राति ज्वालामुखीका कारण समुन्द्रभित्र पहिरो जाँदा सुनामी आएको थियो । सुनामीका कारण ठूलो जनधनको क्षति भएको छ । ज्वालामुखी विस्फोट र त्यसपछिको भीषण सुनामीबाट  २ सय २२ भन्दा धेरै  व्यक्तिको मृत्यु भएको छ ।