मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

काकाको छोरासँग विवाह गर्दा बच्चामा पर्‍यो यस्तो असर

काकाको छोरासँग विवाह गर्दा बच्चामा पर्‍यो यस्तो असर


रुबा र साकिब एक यस्तो ‘जीन’को साथमा दाम्पत्य जीवन बिताइरहेका छन्, जसको कारणले पैदा हुने रोगको उपचार नै सम्भव छैन ।
 
उक्त ‘जीन’को कारण जन्मिने चारमध्ये एक बच्चाको बाल्यकालमै मृत्यु हुन सक्छ । रुबा र साकिबले पनि यसै रोगको कारण आफ्ना तीन बच्चालाई गुमाइसकेका छन् ।
 
अब रुबा एक स्वस्थ भ्रुणको लागि आईभीएफको मद्दत लिन चाहन्छिन् । साकिव अल्लाहको भरोसामा छन् तर, केही नातेदारले भने उनीहरुलाई अलग भएर दोस्रो  विवाह गरुन् भन्ने चाहेका छन् ।
 
रुबाले यूनिभर्सिटीबाट ए-लेभल गर्ने तयारी गरेकी थिइन् तर, माध्यमिक शिक्षा पूरा गर्न पहिले नै उनको आमाबुवाले पाकिस्तानमा उनको काकाको छोरा साकिव महमुदसँग विवाह गराइदिए ।
 
 
ब्राडफोर्डमा जन्मिएकी रुबा त्यहिँ हुर्किइन् । विवाहभन्दा पहिले रुबा दुईपटकमात्रै पाकिस्तान गएकी थिइन् । पहिलोपटक चार वर्षको हुँदा र दोस्रोपटक बाह्र वर्षको हुँदा ।
 
 
रुबालाई आफ्नो विवाह हुने भनिएका साकिब कस्तो छन् भन्ने याद पनि थिएन र उनीसँग कहिल्यै पनि एक्लै समय पनि बिताएकी थिइनन् ।
 
विवाहको समयमा रुबा १७ वर्षकी थिइन् र साकिब २७ वर्षका थिए । रुबा भन्छिन्, ‘त्यतिखेर म धेरै डराएकी थिँए । मैले आफ्नो आमाबुवासँग पहिले पढाई पूरा गर्ने इच्छा राखेको थिएँ तर उनीहरु मानेनन् ।’
 
विवाहको तीन महिना पछि उनी गर्भवती भइन् । उनी छिट्टै पति साकिबलाई पाकिस्तानै छोडेर ब्राडफोर्ड फर्किइन् । विवाहको यति छिटै गर्भवती हुँदा उनी आत्तिएकी थिइन् तर, सँगसँगै खुसी पनि थिइन् ।
 
सन् २००७ मा रुबाले छोरा हसनलाई जन्म दिइन । सुरुमा बच्चालाई धेरै निन्द्रा लाग्थ्यो र दूध पिउन समस्या हुन्थ्यो । रुबालाई यो कुरा सामान्य लाग्यो ।
 
केही सातापछि उनी डाक्टरकोमा गइन् । डाक्टरले जाँच गर्दा उनलाई हसनको पिठ्युँ असामान्य लाग्यो ।
 
जब रोग पत्ता लाग्यो
 
रुबा भन्छिन्, ‘डाक्टरले उसलाई रेफर गर्नुपर्छ भन्दा मलाई खासै ठूलो समस्या छैन होला जस्तो लागेको थियो । तर, उनले केही परिक्षण गरेपछि रिजल्टको लागि बच्चाको वार्डमा जानुपर्छ भने ।’
 
‘जब म भित्र गएँ त्यसपछि डाक्टरले धेरै नराम्रो खबर भएको बताए । उनले मलाई एक कागजको पाना दिए र बच्चा धेरै नै दुर्लभ स्थितीमा भएको बताए’, रुबाले भनिन्, ‘मैले केही बुझ्न सकिनँ र म रुन थालेँ । घर पुग्नासाथै मैले पाकिस्तानमा साकिबलाई फोन गरेँ । उनले मलाई सम्झाए ।’
 
रुबालाई उनी र उनको पति दुवै ‘आईसेल’को साथमा जिइरहेको थाहै थिएन । यो ‘जीन’को कारणले पैदा भएका बच्चालाई खतरा हुन्छ । यो धेरै दुर्लभ रोग हो र यो वंशाणुगत हुन्छ ।
 
सात महिनापछि साकिबले बेलायतको भिसा पाए । त्यसपछि उनले आफ्नो बच्चालाई देख्न र काखमा लिने पहिलो मौका पाए ।
 
हसन विस्तारै ठूलो हुँदै गयो । छातीमा इन्फेक्सनको कारण हस्पिटल आउन जान परिरहन्थ्यो र ठूलो हुँदै जाँदा उसको टाउकोको आकार पनि बढीरहेको थियो ।
 
सन् २०१० मा उनीहरुको दोस्रो बच्चा अलीशबाहको पनि जन्म भयो । परिक्षण गराउँदा उ पनि ‘आइसेल’बाट पीडित भएको थाहा भयो ।
 
सन् २०१२ मा हसन र त्यसको ठीक एक वर्षपछि अलीसबाहको पनि मृत्यु भयो । जतिखेर ऊ जम्मा तीन वर्षको थियो ।
 
 
तेस्रोपटक गर्भवती हुनभन्दा पहिले रुबाले लिड्स टिचिङ अस्पतालको मुस्लिम मौलवीसँग भेटेर कुरा गरेकी थिइन् । उनी आफ्नो धर्मले गर्भावस्थाको क्रममा ‘आइसेल’बारे पत्ता लगाएर त्यसलाई पेटभित्रै निको बनाउन सक्छ कि सक्दैन थाहा पाउन चाहन्थिन् ।
 
उनले रुबालाई केही पनि गर्नभन्दा पहिले यसको बारेमा राम्रोसँग सोच्नुपर्ने सल्लाह दिए । मौलवीले रुबालाई आफ्नो समुदायको विचारलाई याद गर्ने सल्लाह दिए ।
 
रुबाले भनिन्, ‘यसलाई निकाल्नु एक ठूलो र व्यक्तिगत चुनौती रहृयो ।’ उनले गर्भपात नगर्ने फैसला लिइन् र तेस्रोपटक गर्भवती भइन् ।
 
सन् २०१५ मा छोरी इनाराको जन्म भयो । उनले यसपटक भने मेडिकल स्क्यान गराइनन् र डाक्टरको सल्लाह पनि अस्विकार गरिदिइन् ।
 
उनी भन्छिन्, ‘म यसलाई सामान्य गर्भावस्थाको रुपमा जिउन चाहन्थे । मैले आफ्नो दिमागमा यसपटक कुनै पनि दुविधा राख्न चाहेको थिइनँ । म गर्भावस्थाको आनन्द लिन चाहन्थें त्यसैले मैले गर्भपात गराइन् ।’
 
इनारा पनि आइसेलको समस्या लिएन नै जन्मिइन् । रुबा भन्छिन्, ‘मलाई सबै थाहा थियो तर, उसलाई देख्दा मेरो साथमा एक बच्चा छ भन्ने खुसी थियो ।’
 
‘म दु:खी र चिन्तित थिएँ किनभने हामी यति धेरै गर्भावस्थाबाट गुज्रियौं । हामी मात्र एक स्वस्थ बच्चा चाहन्थ्यौं’ साकिबले भने ।
 
लगभग एक वर्ष पहिले इनाराको पनि दुई वर्षको उमेरमा मृत्यु भयो । गत डिसेम्बरमा उनलाई पनि छातीको इन्फेक्सन भयो र उसको हालत तीव्र रुपमा बिगि्रन थाल्यो । र, चिकित्सकहरुले लाखौं कोसिस गर्दा पनि उनलाई बचाउन सकेनन् ।
 
रुबा भन्छिन्, ‘तीन वटा बच्चा गुमाउनु र छ पटक गर्भपातको पीडा मैले कसरी सहेँ होला । मलाई मात्रै थाहा छ । इनाराको मृत्युको समयमा पनि म गर्भवती थिएँ र बच्चाको अन्त्यष्टिपछि मैले गर्भपात गराएँ ।’
 
रुबा भन्छिन्, ‘इनाराको मृत्युपछि मात्रै बच्चाको मृत्यु र काकाको छोरासँग विवाहको बीच सम्बन्ध भएको मैले मानेँ ।’
 
‘मेरो पतिलाई अझै पनि यसमा विश्वास छैन तर, मलाई विश्वास छ किनभने तीनपटक नै त्यस्तो भयो ।’
 
इनाराको मृत्युपछि बेलायत र पाकिस्तानमा रहेका रुबा र साकिबका केही नातेदारहरुलाई उनीहरुको एक स्वस्थ बच्चा हुन असम्भव छ भन्ने लाग्यो । अब उनीहरु खुसीखुसी अलग हुनुपर्छ र दुवैले अरुसँगै दोस्रो विवाह गरेर स्वस्थ बच्चा जन्माउन तयार हुनुपर्छ भन्ने उनीहरुको राय थियो ।
 
दोस्रो विवाह अस्वीकार
 
रुबा भन्छिन्, ‘हामी दुवैले यसलाई अस्विकार गरिदियौं । यदि अल्लाहले मलाई स्वस्थ बच्चा चाहेको भए उनले तिमीबाट नै दिन सक्छन् भनेर मेरो पतिले भन्छन् ।’
 
रुबाका अनुसार साकिबले आफूले अर्को विवाह नगर्ने र तिमी पनि अरुसँग विवाह नगर भनेका छन् । साकिब भन्छन्, ‘हामी दुवै एकैसाथ रहन्छौं ।’
 
रुबाले त्यतिखेर सन् २००७ मा साकिबसँग विवाह गर्न नचाहेको भए पनि अब विवाहको दश वर्षपछि भने यो सम्बन्धबाट भाग्न चाहन्नन् ।
 
रुबाको अनुसार नातेदारहरुले अरुसँग दोस्रो विवाह गरेर स्वस्थ बच्चा जन्माएको हेर्न चाहेको भएपनि अरुबाट स्वस्थ बच्चा जन्माउन उनलाई मन छैन । त्यसो गर्दा बच्चा त होला तर उनको दाम्पत्य जीवन सुखी नहुने उनको विचार छ ।
 
उनीसँग अरु कुन विकल्प छ त ?
 
आईभीएफ (टेस्टट्युब बेबी) एक विकल्प छ जसको माध्यमले डाक्टरले भ्रुणमा नै ‘आइसेल’को बारेमा थाहा पाउन सक्छन् र त्यसलाई रिजेक्ट गरेर रुबाको कोखमा स्वस्थ भ्रुणको प्रत्यारोपण गर्न सक्छन् ।
 
रुबाका अनुसार साकिब यसमा त्यति उत्साहित छैनन् । रुबा आईभीएफबाट एक प्रयास गर्न चाहन्छिन् तर यसको लागि केही समय पर्खिनुपर्छ ।
 
उनी भन्छिन्, ‘म पर्खन चाहन्छु यो छिटो होस् । तपाईं केही कुराको लागि लामो समय पर्खिनुहुन्छ भने त्यसलाई पर्खिन मुस्किल हुन्छ ।’
 
उनले पतिको साथमा डाक्टरलाई भेट्न समय त लिएकी छिन् तर साकिब आफूले काम गर्ने बेकरीबाट धेरै समय निकाल्न पाँउदैनन् र, उनी अंग्रेजीमा पनि राम्रोसँग कुरा गर्न सक्दैनन् ।
 
‘जब पहिलोपटक हसनको रोगको बारेमा थाहा भएको थियो त्यतिखेर मेले सोचेको थिएँ कि म अब दोस्रोपटक गर्भवती हुँदिन तर त्यसपछि पनि भएँ’, रुबा भन्छिन्, ‘मलाई विश्वास नै छैन एक बच्चाको लागि यदि धेरै पीडाबाट गुजि्रनुपर्छ ।’
 
दुवै पतिपत्नीले आफ्नो अनुभवलाई आफ्नो परिवारसँग सेयर गरे । रुबाका दाइ त त्यतिखेर पनि काकाको छोरासँग रुबाको विवाह नगराउने पक्षमा थिए ।
 
रुबा भन्छिन्, ‘परिवारमै विवाह गर्दा हामी अगाडिको जोखिमको बारेमा सोच्दैनौं । मेरो बच्चाहरुको साथमा यस्तो हुँदैन थियो भने हामीलाई पनि परिवारमै विवाह गर्नु गलत हो भन्ने थाहा हुँदैन थियो ।’
 
‘दश वर्ष पहिले मेले आफ्नो आमाबुवाको कुरा स्विकार गरेको थिएँ तर अहिले परिवारका मानिसहरु पनि सोच्नलाई समय दिन्छन् । हाम्रो युवा पिँढीलाई विकल्प दिइन्छ र यदि उनीहरुलाई यसो गर्न मन छैन भने उनीहरु यसको बारेमा आवाज उठाउन सक्छन् ।’
 
यसको साथै तीन बच्चा गुमाएपछि रुबाको छ पटक गर्भपात भयो जुन सबै इनाराको मृत्यु पछि भयो ।
 
रुबा भन्छिन्, ‘ईश्वरले केवल ती मानिसहरुलाई दुःख दिन्छन् जसले झेल्न सक्छन् । कैयौं पटक मलाई मानिसहरु धेरै भाग्यशाली छन् भन्ने लाग्छ । उनीहरुको स्वस्थ बच्चा हुन्छन् । तर कहिलेकाँही ती बच्चाले ठूलो भएर दुःख दिन्छन् ।’
 
‘यो जुनीमा म भाग्यमानी भइनँ, तर अर्को जुनीमा म सबैभन्दा भाग्यमानी मानिस बन्नेछु किनभने ती सबै बच्चा निर्दोष थिए र ईश्वरले मलाई मद्दत गर्नेछन् ।’
 
बीबीसीबाट साभार