मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

छोराछोरीको ग्राजुएसनका लागि नेताहरू अमेरिकामा

छोराछोरीको ग्राजुएसनका लागि नेताहरू अमेरिकामा


हिमालयखवर संवाददाता- 
वासिङटन डिसी (अमेरिका) । यतिखेर अमेरिकाका कतिपय विश्वविद्यालयमा फल सेमेष्टरमा ग्राजुएसन हुने क्रम चलेको छ । अाफ्ना छोराछोरीहरूका ग्राजुएसनको अवसरमा नेपालबाट भिअाइपीहरू कतिपय गुपचुप रूपमा अाएका छन् भने कतिपय चाँही सामाजीक सञ्जालमा समेत देखिँदै अाएका छन् ।
 
अघिल्लो सरकारमा उर्जामन्त्री भएर निकै उल्लेखनीय काम गरेका जनार्दन शर्मा यतिखेर अमेरिकामा छन् । टेक्ससको अार्लिङटनमा रहेको युनिभर्सिटी अफ अार्लिङटनमा अध्ययरनरत छोरीको ग्राजुएसनका लागि उनी अमेरिका अाएका हुन् ।
 
‘म पनि एकजना अाफन्तको ग्राजुएसन प्रोग्रामको लागि गएको थिएँ, पुर्वमन्त्रीलाइ त्यही भेटेँ । हामीबीच सामान्य भलाकुसारीमात्र भयो,‘ ड्यालसका एक नेपालीले भने । शर्मा हाल युलेसमा रहेको अाफन्तको घरमा बसिरहेका छन् ।
 
उनीसँग नेपाली समुदायका केही सदस्यहरूले अन्तरकृया गर्ने तयारी गरिरहेका छन् । तर पारिवारिक भ्रमणको क्रममा अाएको हुँदा उनी कार्यक्रम गर्नेमा त्यति सकारात्मक नदेखिएको बताइएको छ। शर्मा रूकुमबाट निर्वाचित संघीय संसदका सांसद पनि हुन् । शर्मा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल निकट नेता हुन् । 
 
 
 
उता नेकपाका अर्का नेता देबेन्द्र पाैडेल पनि छोरीको ग्राजुएसनको क्रममा अमेरिका अाएका छन् । पत्नी बलावती शर्मा सहित उनी अमेरिकामा छन् । पाैडेलकी छोरी गरिमाले मेरिल्याण्डको बोइ युनिभर्सिटीबाट मास्टर्स डिग्री गरेपछि गत शुक्रबार ग्राजुएसन थियो । 
 
पाैडेल दम्पत्ति विगतमा सांसद थिए ।