मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

कुकुरले शिशुको लिङ्ग खाइदिएपछि….

कुकुरले शिशुको लिङ्ग खाइदिएपछि….


भरतपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका ६ चापटोलकी सुजता चेपाङले ५ महिनाको शिशुलाई भुइँमा सुताएर पानी लिन गइन् । 
 
कामको चापले शिशुलाई कट्टु लगाउनसमेत भ्याइनन् । शिशुलाई छोडेर उनी काममा गएको केहीबेरमै कुकुरले शिशुको लिङ्ग चुँडेर लग्यो । 
 
मंसिर २८ गते दिउँसो घरमै पालेको दुई महिनाको कुकुरले शिशुको लिङ्गको आधा भाग खाइदिएको थियो । 
 
‘श्रीमान् बजार जानुभएको थियो । घरमा खानेपानी थिएन । बच्चालाई आँगनमा सुताएर पानी लिन गएकी थिएँ,’ चेपाङ्ले भनिन्, ‘आउँदा कुकुरले बच्चाको पिसाब फेर्ने खाइसकेको थियो ।’
 
तत्काल शिशुलाई परिवारले पुरानो मेडिकल कलेज भरतपुर ल्याए । ‘शिशुलाई अस्पताल ल्याइपु¥याउँदा पिसाब नली देखिएको थिएन’ पुरानो मेडिकल कलेज भरतपुरका यूरोलोजिष्ट विभागका प्रमुख डाक्टर सुदीपराज केसीले भने, ‘सफल शल्यक्रियापछि शिशुको ज्यान जोगिएको छ ।’
 
पुरानो मेडिकल कलेजका चार जना चिकित्सकको टोलीले बच्चाको पिसाब नलीको सफल शल्यक्रिया गरेको हो ।  चिकित्सकको टोलीले बच्चाको प्रजनन् र पिसाब नलीको अप्रेसन गरेको थियो । 
 
‘बच्चाको पिसाब पनि भएको छ । तर, पछि प्रजनन्मा समस्या आउन सक्ने सम्भावना हुन सक्छ’ उपचारमा संलग्न डाक्टर भूषणराज तिमिल्सेनाले भने, ‘सफल शल्यक्रियापछि शिशुलाई पुरानै अवस्थामा फर्काउन सकिएको छ ।’ 
बुधबारै शिशुलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ ।