मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

काममा जिरो, खादा लगाएर हिरो भयो एनअारएन

काममा जिरो, खादा लगाएर हिरो भयो एनअारएन


एनआरएनए अमेरिकाका वर्तमान पदाधिकारीहरूको गतिविधिले केही महिनादेखिनै मलाइ उदेक लागिरहेको छ । पदाधिकारीहरू एनअारएनको गत चुनावमा गरेका प्रतिवद्धता पुरा गर्ने भन्दा पनि अाउँदो चुनावका लागि भनेर विगत ६ महिना अघिदेखिनै प्रचारप्रसारमा लागिरहेको मलाइ मात्र होइन धेरैले महसुस गरिरहेका छन् । 
 
एनअारएनका पदाधिकारीलाई संस्थाको पदिय दायित्वलाइ लात हानेर महिनौ अघिदेखि नै आफ्नो चुनावमुखी प्रचार प्रसारमा लाग्नुले यो संस्था चुनाव गराउनकै लागि मात्र खडा भएको हो कि भन्ने अाभास धेरैलाइ परेको छ । 
 
वर्तमान पदाधिकारीका कामलाइ नियाल्दा "काम कारवाहीमा जिरो- खादा लगाएर हिरो" भन्ने संज्ञा दिँदा अत्योक्ती शायद हुँदैन होला । अमेरिकाका एनआरएन हरुले अहिल्यै यो "भोट" मागेको "घिनलाग्दो" समाचार मिडियामा मैले मात्र होइन धेरैले सुन्न चाहेका छैनन् । 
 
अझै ६ महिना छ, केहि गरेर देखाउ । हामीले त डेढ बर्ष मात्र पायौं । समय छोटो भयो भनेर उम्कन पनि खोज्दैछौ । अनि पुरै डेढ बर्ष केवल अर्को चुनावमा कसरी जित्ने भनेर गुह्य र बोतले छलफल गरेर लुते पाराले संस्थालाई गिराउदै पनि छौ । "इथिक्स" भन्ने पनि केहि कुरा हुन्छ – संस्थाको "मर्यादा" हुन्छ , खै त्यसको ख्याल गरेको ? 
 
अमेरिका जस्तो ठाउँमा दशकौं देखि मेहनत, ज्ञान र अनुभव बटुलेका दिग्गज नेपाली छन् । तर यस्तै घिनलाग्दा कृयाकलाप ले तिनीहरु संस्थामा योगदान गर्न त के नाम सुन्न पनि चाहन्नन् ।
 
 के यस्तै गरेर दुइचार हजारको मालिक बनेर खादा लगाउदै हिड्ने हो कि हाम्रा अग्रजले परिकल्पना गरेको यो संस्थालाई अमेरिका र विश्वभरिको नेपालीको हितमा भएको आभास गराउने हो ?
 
मेम्बरशीप ड्राइभ बर्षेभरि हुनुपर्ने थियो । तर "जब भयो राति, अनि बुढी ताती" झैँ "लौ मेम्बरशीप खुल्यो" भनेर हिन्दी फिल्मको प्रचारशैलीमा सदस्यलाई आकर्षित गर्नु परिरहेको छ । खै कसरी हो आकर्षित गर्ने – "मलाइ भोट हाल्न सदस्य बन्नु" भन्नु पो पर्या छ । यो पाराले हे मेरा मान्यजनहरु, तपाईंहरु चुनावमा नजानोस् – लड्ने र पल्टने ग्यारेन्टी नै छ । यो पटक पनि फेरि पोहोर जस्तै.. सोच्नु भाको छ कि? 
 
संस्था धेरै आवश्यक छ र यसका सम्भावाना धेरै छन् । खोइ त्यी सम्भावाना केलाएको? खोइ त्यी सम्भावाना लाइ मेम्बर स्तर बाट उकासेको? खोइ हाम्रा च्याप्टर हरुसंगको सहकार्य? खाली चुनावमा आएर भोटर्स बनाउन मात्र चाहिने हो च्याप्टर ?
 
नेतृत्व छनौटलाइ पारदर्शीसँगै क्लिन नबनाए सम्म र सही प्रजातान्त्रिक नेतृत्व नआएसम्म संस्थाको मकुण्डो खुल्दैन । तपाइ आउनु ठुलो कुरो होइन – सहि व्यक्ति आउनु ठुलो कुरो हो ।
 
के तपाईं आफूलाई मात्र सही भन्नुभाको हो ? त्यसैले "मलाई" जिताउ भन्दै सालैभरि कराउनुहुन्छ ? खै "राम्रा" लाइ जिताउँ" भनेको? तपाइको खोट त्यहीँ छ – पब्लिकले बुझेका छन् ।
 
अझै समय छ – आफूलाई सच्याउनुस र संस्थालाई बचाउनुस । संस्थाका बहालवाला पदाधिकारीले मर्यादापालन गर्नुपर्ने निर्णय गर्नुस र पालन पनि गर्नुस । कराएर भोट पाइन्न । अमेरिकाका वास्तविक भोटर्स विद्वान र बुझेका छन् ।
 
(लेखक एनअारएन अमेरिकाका पूर्व पदाधिकारी हुन् ।)