मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

एप्पलले अस्टिनमा एक अर्ब डलर लगानी गर्दै

एप्पलले अस्टिनमा एक अर्ब डलर लगानी गर्दै


अमेरिका – बिश्व प्रसिध्द ठूलो कम्पनी एप्पलले अबको ५ वर्षमा २० हजार नयाँ रोजगारीका अवसरहरू सिर्जना गर्ने भएको छ ।
 
यो उद्वेश्यले अमेरिकी राज्य टेक्ससको राजधानी अस्टिनमा करिब एक अर्ब डलरको लगानीमा क्याम्पस खोल्नैछ । हाल एप्पलको क्यालिफोर्नियाको कुपरटिनोमा रहेको मुख्य कार्यालयपछिको दोस्रो ठूलो हुने जनाइएको छ । 
 
सिएनएनका अनुसार उक्त खोल्न लागिएको नयाँ कार्यालय हाल रहेको अस्टिन युनिभर्सिटी भन्दा करिब एक माइल नजिक रहने छ । उक्त कार्यालय एकसय ३३ एकड क्षेत्रफलमा बन्नेछ । एप्पलले आफ्नो बिज्ञप्तिमा जनाए अनुसार यो सँगै एप्पल अब अस्टिन शहरको सबै भन्दा बढी रोजगार दिलाउने कम्पनी हुनेछ ।
 
कम्पनीले अरु ठाउँमा पनि आफ्नो कार्यालय खोल्ने बताएको छ । उसले सियाटल, सानडिएगो, कलबर सिटीमा अबको तीन बर्ष भित्र कार्यालय खोल्ने जनाएको छ । कार्यालय स्थापना भएपछि यी हरेक शहरहरूमा एकहजार भन्दा बढीले रोजगार पाउन सक्छन ।
 
एप्पलले आफ्नो डाटा सेन्टरको लागि १० अर्ब डलर अबको ५ वर्षमा लगानी गर्ने भएको छ । यो वर्ष र आउने वर्ष गरेर ४.५ बिलिएन लगानी गर्ने भएको छ ।  कम्पनीको अनुसार यो वर्ष पनि ६ हजार भन्दा बढी रोजगार सिर्जना भएको र कम्पनी लक्ष्यअनुसार अगाडी बढी रहेको जनाएको छ । अहिलेसम्म अमेरिकाभरि एप्पल कम्पनिमा ९० हजार भन्दा बढी कर्मचारी कार्यरत छन् । तस्बिर: सामाजिक संजाल