मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

फेसबुकका ६५ लाख प्रयोगकर्ता प्रभावित

फेसबुकका ६५ लाख प्रयोगकर्ता प्रभावित


समाजिक सञ्जाल फेसबूकले आफ्ना ६५ लाख प्रगोकर्ताहरुको निजी फोटोहरू उनीहरुको अनुमति बिना बग मार्फत सार्वजनिक भएको बताएको छ ।
 
सिएनएनका अनुसार बगले तेस्रो पाटी एप डेभलपरको मध्यमबाट  प्रगोकर्ताहरुको निजी फोटोहरू सार्वजनिक भएको हुनसक्ने बताएको छ । 
 
आईरिस डाटा कमिसनका अनुसार यो घटनाको बारेमा छानबिन भैईरहेएको छ । उक्त घटनासँगै फेसबूकले आफ्नो  प्रगोकर्ताहरुलाई सेक्युरिटी ब्रिच भएको र जति सक्दो छिटो समस्या समाधान गर्ने बताएको छ ।
 
आफ्नो ब्लगमा फेसबूकका इञ्जिनिएर टमर बारले बताए  "फेसबूकमा अपलोड गर्न राखिएका फोटोहरू पनि प्रभावित भएका हुन सक्छन्, हामी छिटो भन्दा छिटो समाधान गर्दै छौ" ।
 
फेसबूकले उक्त  बग प्रभावित प्रयोकर्ताहरुसँग सम्पर्क गर्ने र यस असर बारेमा बुझ्ने बताएको  छन ।  यसवर्ष पहिले पनि फेसबूकका डेभलपरले  बग बारेमा अध्ययन गरेका थिए र डाटा सङ्कलन गर्ने सिस्टम बनाएका थिए ।
 
ब्गको कारणले १५०० भन्दा बढी एप डेभलपरले निजी फोटोहरू एक्सेस गरेको हुनसक्ने बताईएको छ ।  फेसबूकले उक्त बगबाट के कस्तो असर बारेमा सबै प्रगोकर्ताहरुलाई जानकारी गराउने समेत  जनाएको छ । तस्बिर: सामाजिक संजाल