मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

मिस वर्ल्डमा मेक्सिकोकी लियोन

मिस वर्ल्डमा मेक्सिकोकी लियोन


सान्या (चीन) – मिसवर्ल्ड प्रतियोगिताको यस वर्षको ताज मेक्सिकोकी भेनेसा पोन्स डी लियोनले जितेकी छिन् । 
 
चीनको सान्या सहरमा भएको मिसवर्ल्डमा विश्वका एकसय १८ प्रतिस्पर्धी थिए । सन् २०१७ की मिसवर्ल्ड मानुसी चिल्लरले यसवर्षकी मिसवर्ल्ड विजेता लियोनलाइ ताज पहिर्याइदिएकी थिइन्।
 
यो पटक पाँच महादेशबाट टप १२ छानिएको थियो । त्यसपछि हरेक महादेशको विजेता घोषणा गर्दै टप ५ छनोट गरियो, जसमा एसिया एण्ड ओसियानाबाट श्रृखला र जेसिकालाई पछि पार्दै थाइल्याण्डकी निकोलेन मिस एसिया बनिन् । नेपालबाट श्रृङ्खला खतिवडा सहभागी भएकी थिइन्। खतिवडा उत्कृष्ठ १२ अाैसम्म पुगेकी थिइन् । एसियाबाट थाइल्याण्डकी निकोलसले उनलाइ पछि पारेपछि खतिवडा बाहिरिएकी थिइन् ।
 
निकोलस मिस एसिया घोषित भएकी छिन् ।चीनमा शनिबार सम्पन्न फाइनलमा चार देशकी सुन्दरीलाई पछि पार्दै उनी विश्वकै सुन्दरी बनेकी हुन् । तस्बिर: सामाजिक संजाल