मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

बिटक्वाइनको दर्दनाक बर्ष

बिटक्वाइनको दर्दनाक बर्ष


हिमालयखवर संवाददाता- 
अमेरिका । सन् २०१८ मा बिटक्वाइन लगायत अन्य अदृष्य मुद्रा क्रिप्टोकरेन्सीमा लगानी गर्नेका लागि कहिले पनि सुखद समाचार आएन । सन् २०१७ का डिसेम्बरमा प्रति विट्क्वाइनको मूल्य २० हजार अमेरिकी डलर पुगेको थियो । तर, सन् २०१८ मा लगातार घट्न थाल्यो ।  
 
डिसेम्वर ७ मा यसको मूल्य घटेर तीनहजार चारसय डलरमा झरेको छ । यसले गर्दा फाइदा हुन्छ भनेर लहै लहैमा विट्क्वाइन लगायत अन्य अदृष्यमुद्रा रिप्पल, इथेरम लिटक्वाइन लगायतमा लगानी गर्ने पनि डुबेका छन् ।
 
फाइदा हुन्छ भनेर एक बर्ष अघि थुप्रै नेपालीले पनि विट्क्वाइन किनेका थिए । यसमा चासो राख्ने चर्चा गर्ने नेपाली पनि धेरै थिए । तर, अहिले एक बर्ष अघि विट्क्वाइनमा लगानी गर्ने नराम्ररी डुबेका छन् । भारत नेपालमा पनि बिटक्वाइन लगानीकर्ता थिए ।
 
चार दिन यता मात्र विट्क्वाइनको मूल्य २० प्रतिशतले कमी आयो । एक बर्ष अघिको तुलनामा भने विट्क्वाइनले त्यसवेलाको मूल्यमा ८० प्रतिशत गुमाएको छ । त्यसवेला कसैले २० हजार डलरमा किनेको विट्क्वाइन अहिले विक्री गर्दा जम्मा ३ हजार ४ सय डलर मात्र आउंछ ।
 
सीएनएनले त यसलाई विट्क्वाइटका लागि सन् २०१८ दर्दनाक बर्ष भनेको छ ।
 
विभिन्न देशका सरकारी नियामक निकायहरुले विट्क्वाइन प्रति नराकरात्मक प्रतिकृया र यसलाई हतोत्साहित गर्न थालेपछि यस्ता अदृष्य मुद्राले आफ्नो मूल्य गुमाउन थालेको थियो । जापान, भारत, अमेरिका लगायतका नियामक निकायले विट्क्वाइनलाई मान्यता नदिने पक्षमा देखिएका थिए ।
 
वारेन बुफेट जस्ता चर्चित लगानीकर्ताले पनि विट्क्वाइनमा लगानीका लागि कुनै उपयुक्त क्षेत्र नभएको वताएका थिए ।
 
अव के होला ? केही विश्लेषकहरुले विट्क्वाइनको मूल्य अझ झर्न सक्ने दावी गरेका छन् । यसको मूल्य २००० देखि १५०० डलरसम्म झर्न सक्ने दावी पनि विश्लेषकहरुको छ ।
 
विट्क्वाइनको बजार क्र्यास अर्थात ध्वस्त हुनुलाई सन् १९९० को शुरुको दशकमा देखिएको आईटी क्षेत्रका कम्पनीको बजार मूल्यको गिरावटसँग पनि तुलना गरिएको छ । त्यसवेला आईटीमा जथाभावी कम्पनी खुलेका थिए यसले शेयर बाँडे नाफा हुन्छ भनेर धेरैले लगानी गरे । तर, यो बेलुन जस्तो बजार फट्यो । यसमा धेरै लगानीकर्ताले गुमाएका थिए ।
 
तस्बिर: सामाजिक संजाल