क्यालिफोर्निया (अमेरिका) – बदलिदो अमेरिकी आप्रवासन नीतिबारे सानफ्रान्सिस्कोमा इमिग्रेशन फोरम संचालन हुने भएको छ ।
हलिउडखबर डटकमको दोस्रो बार्षिक उत्सवको अवसरमा हुने सो फोरम न्यूयोर्कका कानून व्यवसायी बासु फुलाराले संचालन गर्ने कार्यक्रम छ । डिसेम्बर ९ तारिख साँझ स्थानीय “टेस्ट अफ हिमालय” रेस्टुरा सान लियान्द्रोमा हुने कार्यक्रममा ट्रम्प प्रशासनले अख्तियार गरेको इमिग्रेशन नीतिहरु बारे बृहद छलफल हुने फुलाराले बताए ।
“असाइलम, इबीवान, लेबर सर्टिफिकेशन, एचवान बि, टिपिएस, एल वान र फेमिली पिटिसन लगायतका बिषयमा यो फोरम केन्द्रित हुनेछ,” उनले भने । फोरममा सहभागीहरुले फुलारासँग प्रत्यक्ष अन्तक्रिया र प्रस्नोत्तर गर्नसक्ने छन् ।
फोरममा राष्ट्रपतिको अध्यादेशबाट जारी जिरो टलरेन्स पोलिसी, ग्रीनकार्डका लागि दिनुपर्न अन्तर्वार्ताको तयारी, पब्लिक बेनिफिट र ट्राभल डकुमेन्टका बारेमा पनि छलफल हुनेछ । “यस फोरमबाट सहभागीले लाभ लिनसक्ने हामीले बिश्वास लिएका छौं” आयोजक एवं हलिउडखबर डटकमका सम्पादक कृष्ण केसीले भने ।
बिगत एकदशकदेखि कानूनी पेशामा संलग्न फुलारा अमेरिकी आप्रवासन नीतिका जानकार मानिन्छन् । न्यूयोर्कको टाइम्स स्वायरमा रहेको फुलारा ला फर्मबाट सेवा प्रदान गर्दै आएका उनले निकट भविश्यमै सान फ्रान्सिस्को, टेक्सास र लसएन्जलसमा शाखा विस्तार गर्न लागेको जानकारी पनि दिए ।
दुइ विभाजन हुने कार्यक्रमको पहिलो सत्रमा बार्षिक उत्सव मनाइने छ । जसमा मिडिया फोरम पनि संचालन हुनेछ । महावाणिज्यदूत क्रृषि ढकालको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा नेजाका अध्यक्ष सुदिप पन्त, महासचिव किरण मरहट्ठा र क्षेत्रीय संयोजक गोकुल ढकाल लगायत अन्य संचारकर्मी र स्थानिय संघसंस्थाका प्रतीनिधिको उपस्थिती रहने छ ।
कार्यक्रममा नेजा अध्यक्ष सुदिप पन्तले नेजा र संचार मिडियाहरुको संबन्धको बिषयमा र निवर्तमान महासचिव तोया दाहाल र बरिष्ठ पत्रकार रवि अधिकारीले नेपाली पत्रकारिता बिगतदेखि बर्तमान बिषयमा प्रस्तुति दिनेछन् ।
प्रतिक्रिया