मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

पूर्ब राष्ट्रपति बुसको अन्तिम विदाइ कलेज स्टेशनमा हुँदै

पूर्ब राष्ट्रपति बुसको अन्तिम विदाइ कलेज स्टेशनमा हुँदै


हिमालय खबर संबाददाता-
ह्युस्टन (टेक्सस) ।  अमेरिकाका ४१ औं राष्ट्रपति जर्ज एच डब्लु बुसको समाधी झण्डै ७० माइल टाढा रहेको कलेज स्टेशनमा गरिदैछ । 
 
बुधबार वासिङटनका आयोजना गरिएको श्रद्दाञ्जली सभा पछि उनको शवलाई गृहनगर ह्युस्टन ल्याइएको थियो । शुक्रबार ९४ वर्षको उमेरमा ह्युस्टनमा निधन भएका बुसलाई राष्ट्रिय सम्मानका लागि डिसी लगिएको थियो । त्यहाँ सरकारले राष्ट्रिय सम्मानसाथ विदाइ गरेको थियो । 
 
त्यस अवसरमा पूर्ब राष्ट्रपतिहरु जिम्मी कार्टर, बिल क्लिन्टन, बाराक ओबामा र जर्ज बुस लगायतको उपस्थिती थियो । 
 
बिहीबार बिहान बुसको शवलाई  ह्युस्टनको चर्चमा उपस्थित हजारौंले श्रद्दाञ्जली व्यक्त गरेका थिए । उनले लामो समयदेखि प्रार्थना गर्ने गरेको चर्चमा बुस परिवारको उपस्थितीमा श्रद्दाञ्जली व्यक्त गरियो । 
 
ह्युस्टनको श्रद्दाञ्जलीपछि उनको शवलाई टेक्सस एएण्डएम युनिभर्सिटी कलेज स्टेशनको जर्ज एचडब्लु बुस पुस्तकालय नजिकै अन्तिम विदाई गरिने जनाइएको छ । ह्युस्टनबाट रेलमा शवलाई कलेज स्टेशन लगिनेछ । जहाँ आठ महिना अघि निधन भएकी पत्नी बार्बरा र तीन वर्षकै उमेरमा निधन भएकी छोरी रबिन बुससँगै समाधी गरिनेछ । 
 
सन् १९८९ देखि १९९३ सम्म बुस अमेरिकाका राष्ट्रपति भएका थिए । झण्डै साढे दुइघण्टा लामो रेलयात्राबाट बुसको शवलाई कलेज स्टेशन लगिदैछ । तस्बिर: सामाजिक संजाल