मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सरकारले सूचना लुकाएको छैन : मन्त्री बाँस्कोटा

सरकारले सूचना लुकाएको छैन : मन्त्री बाँस्कोटा


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना तथा प्रविधि क्षेत्रको चौँथो पुस्ता (फोर जी)को विस्तार एक वर्षभित्र सम्पन्न गर्ने गरी काम शुरु हुन लागेको जानकारी दिएका छन् । 
 
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, “विधि र प्रक्रिया पु¥याएर सरकारले फोर जी विस्तार कार्य शुरु गर्न लागेको छ ।” 
 
“अब विविध कारणले रोकिएको फोर जीको विस्तार कार्य एक वर्षभित्र सम्पन्न हुने गरी शुरु हुन्छ, गुणस्तरमा कुनै सम्झौता हुँदैन ।” सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले भने । 
 
उनले सरकारले सूचना नलुकाएको बरु सञ्चारमाध्यमले सरकारका राम्रा कामलाई बङ्ग्याई सार्वजनिक गरेको चर्चा गर्दै सञ्चारमाध्यमप्रति सरकारको कुनै गुनासो नरहेको धारणा व्यक्त गरे । 
 
संसद्को हिउँदे अधिवेशन आह्वानको तयारी भइराखेको उल्लेख गर्दै मन्त्री बाँस्कोटाले नयाँ संसद् भवन निर्माण गर्न नक्शाङ्कन कार्य पूरा भएको छ भने । 
 
मन्त्री बाँस्कोटाले युनिभर्सल पिस फेडेरेशनद्वारा विगतमा पनि सम्मेलन आयोजना भएको र त्यसमा तत्कालीन नेता सहभागी भएको उदाहरण दिँदै सम्मेलनमा सहभागिता जनाउनु गलत कार्य नभएको प्रष्ट पारे । 
 
उनले भने, “निर्मला हत्याका अपराधी उम्किन सक्दैन, हत्यारा पहिचानको खोजी कार्य प्राथमिकताका साथ भइराखेको छ ।” रासस