मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

एपोलो अस्पतालबाट जीवन रक्षाको अपिल

एपोलो अस्पतालबाट जीवन रक्षाको अपिल


भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिका – ७ बस्ने २१ वर्षीय मनोज निउरे बोन म्यारोको समस्याबाट हाल भारतको एपोलो अस्पतालमा उपचाररत छन् ।
 
बोन म्यारो फेर्न र उपचारको लागि अस्पतालले करिब एक करोड रुपैयाँ लाग्ने बताएपछि अस्पतालको बेडबाट अहिले मनोजले जीवन रक्षाको लागि सबैमा अपिल गरेका छन् ।
 
मनोज सन् २०१७ को अक्टोबर सेसनमा फुकोकाको कुरुमे इन्टरनेशनल स्कुलमा विद्यार्थी भिजामा जापान गएका थिए । पढाइको क्रममा अचानक पेट दुखेर जापानको अस्पतालमा १७ दिन भर्ना हुँदा रेखदेख गर्ने मान्छे नभएकोले सन् २०१८ को १७ तारिखमा नेपाल फर्किएको मनोजका दाइ कृष्ण निउरेले जानकारी दिए ।
 
नेपालको चितवन र राजधानी काठमाडौँमा उपचार गराउँदा रोग पहिचान नभएकोले भारतको एपोलो अस्पताल लगिएको थियो । लामो समय भारतमा उपचार गराउँदा ठीक भएको भन्दै निउरे नेपाल फर्किएका थिए । उक्त उपचारमा ६० लाख रुपैयाँ हाराहारीमा खर्च भएको दाइ कृष्ण निउरेले बताए ।
 
‘खाऊँखाऊँ लाऊँलाऊँ भन्ने उमेरमा नै जीवनमरणको अवस्थामा पुगेपछि खर्चको जोहो गर्न इस्टमित्रसँग सापटी र आफ्नो भएको जग्गा बेचेको मनोजका बुबा दीपकले रुँदै भने । दुई साताअगाडि पहिलेको झैँ समस्या देखा पर्दा फेरि भारत पुगेका निउरे परिवारलाई बोन म्यारो फेर्नुपर्ने र उपचार खर्च करिब १ करोड रुपैयाँ लाग्ने अस्पताल स्रोतले जनाएको छ ।
 
पारिवारिक आर्थिक अवस्था कमजोर भएकोले र यति ठूलो रकम जोहो गर्न कुनै पनि हालतमा नसकिने हुँदा परिवार तथा इष्टमित्रहरुले सबै देश तथा विदेशमा रहने सहयोगी दाता र संघसंस्थाहरुलाई उपचारको लागि आर्थिक सहयोग गरी मनोज निउरेको जीवनरक्षा गरिदिन अपिल गरेका छन् ।
 
मनोजका दाइ कृष्ण निउरेका अनुसार जापानमा रहने सहयोगीदाताहरुले निउरे देवीप्रसादको जेपी बैँकको एकाउन्ट नम्बर १०३२०–०८९३१५८१ मा र नेपालको लागि गंगाप्रसाद निउरेको एभरेष्ट बैँकको एकाउन्ट नम्बर ०२५१०५२५२००१९१ मा सहयोग रकमहरु जम्मा गरिदिन अनुरोध गरेका छन् ।