मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

विश्व भ्रमणमा निस्केका परमहंश नित्यानन्द स्वामीज्यूको चेलाहरुले लसएन्जल्समा पशुपतिनाथ फ़ाउन्डेशनको भ्रमण गर्दै

विश्व भ्रमणमा निस्केका परमहंश नित्यानन्द स्वामीज्यूको चेलाहरुले लसएन्जल्समा पशुपतिनाथ फ़ाउन्डेशनको भ्रमण गर्दै


विश्व भ्रमणमा निस्केका परमहंश नित्यानन्द स्वामीज्यूका चेलाहरुले क्यालिफोर्नियाको लसएन्जल्स मा अबस्थित श्री पशुपतिनाथ फ़ाउन्डेशन मन्दिर भ्रमण गर्ने भएका छन् |
 
भारतबाट विश्वभ्रमणमा निस्केका परम धार्मिक योगीजी (महायोगी तथा वालयोगी)हरु रहेको पाँच जनाको  टोलि भोलि यहि नोभेम्बर ३०, २०१८ शुक्रबारका दिन यस पशुपति बुद्ध मन्दीरमा आइपुग्ने कार्यक्रम रहेको छ | 
 
योगीजीहरुको उक्त मन्दीर भ्रमणको उद्देश्य भगवान श्री पशुपतिनाथको दर्शनार्थ रहेको कुरा प्रष्ट भएको छ | भ्रमणमा रहेका योगिजीहरु अध्यात्मको माध्यमले तेश्रो चक्षुद्वारा सारा चराचर जगत देख्न र अनुभव गर्न सक्ने अलौकिक क्षमताका धनि मानिन्छन | भ्रमणका अवसरमा यस क्षेत्रमा रहने / बस्ने अध्यात्म र हिन्दु धर्ममा विश्वास राख्ने सबैसंग योगीजीहरुको भेटघाट कार्यक्रमों आयोजना गरिएको छ ।
 
र योगिजिहरुबाट उपस्थित भक्तजन सामु दिव्य ज्ञानका वाणी सहित प्रवचन दिलाउने व्यवस्था समेत रहेको छ ।
 
पहिलो चोटि नेपाली मन्दीरमा यस्ता अन्तर्राष्ट्रिय रुपमा ख्याति कमाएका सन्त-महन्त तथा योगीहरूको आगमनले लस एञ्जलसवासी नेपालीहरु हर्षित रहेको कुरा संस्थाका अध्यक्ष गोकुल पौडेल बताउँछन् र साथै सम्पुर्ण नेपाली समुदायलाई यसै सूचना मार्फ़त सहभागिताको निम्ति अनुरोध गरेका छन् ।