मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ह्युस्टन स्थित गल्फटन अपार्टमेण्टमा बढ्दो अपराधले नेपाली समुदाय चिन्तित (भिडियो)

ह्युस्टन स्थित गल्फटन अपार्टमेण्टमा बढ्दो अपराधले नेपाली समुदाय चिन्तित (भिडियो)


हिमालयखवर संवाददाता
अमेरिका- टेक्ससको ठुलो शहर ह्युस्टनमा नेपाली समुदायको ठुलो वस्ती रहेको गल्फटन स्थित ५४०१ चिम्नी रक अपार्टमेण्टमा वढ्दो अपराध लुटपाटले त्यहां वस्नेहरु चिन्तामा परेका छन् । साउथवेष्ट फ्रिवे नजिक रहेको चिम्नीरक रोडमा स्थित उक्त अर्पामेण्टमा करिव ५ सय परिवार वस्छन् । त्यसमा नेपाली समुदायको  संख्या उल्लेखनिय छ ।
 
टेक्सस स्थित च्यानलन्यूज २ ले त्यहां वस्दै आएका नेपाली रितेश तिवारीलाई उदृत गर्दै केही महिना यता मात्र १० लुटपाट भएको जनाएको छ । च्यानल २ मा तिवारी भन्छन् धेरैले रातीको समयमा आतंकित हुनु समेत परेको छ । रितेश पनि झण्डै झण्डै लुटपाटवाट बचेका थिए ।  आफ्नी १० महिनाकी छोरीका लागि दुध किन्न जांदा २ जना लुटेराले कार लुट्ने प्रयास गरेको  थिए रितेशले भने । भित्र वाहिर गर्ने गेट सजिलै फड्किन सकिने हुदां पनि लुटेरालाई सजिलो भएको उनले वताएका छन् ।
 
दुई जना व्यक्ति मेरो कम्प्लेक्स नजिक दौडिरहेकोपनि मैले भेटेको छु उनले भने । 
 
च्यानल २ टेलिभिजन संवाददाताले उक्त अर्पामेण्टका वारेमा ह्युस्टन प्रहरीसंगपनि सम्पर्क गरेका थिए । प्रहरीले उक्त अर्पामेण्टमा नोभेम्बर महिनामा दुई लुटपाटका घटना जानकारीमा आएको  उक्त टेलिभिजन च्यानललाई वताएका छन् । त्यहां वस्नेहरुले मुख्य गेट रातीमा खुलै रहेको पनि फोटोहरु राखेका छन् । हिट एण्ड रन गरेर भाग्नेहरुवाट प्रभावितले पनि फोटोहरु शेयर गर्ने गरेका छन् ।
 
तिवारीले त्यहां वस्नेहरुले सुरक्षा समस्याका वारेमा व्यवस्थापनलाई जानकारी गराएपनि छलफल बैठक मात्र भएको वताएका छन् । एक महिना अघि व्यवस्थापनसंग वैठक त भयो तर, सुरक्षा व्यवस्थामा कुनै सुधार देखिएन तिवारीले भनेका छन् । त्यहां वसोवास गर्नेले सुरक्षा क्यामरा वढाउन, वाहिरका मानिसलाई भित्र आउन नसक्ने वनाउने लगायतका माग राखेका छन् । तस्बिर: च्यानलन्यूज २ / सामाजिक संजाल