मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए अध्यक्ष भवन भट्टलाई पितृशोक

एनआरएनए अध्यक्ष भवन भट्टलाई पितृशोक


हिमालयखवर संवाददाता
अमेरिका– गैर आवासीय नेपाली संघ (एनआरएनए)का तथा टीबीआई ग्रुपका अध्यक्ष भवन भटट्लाई पितृशोक परेको छ । जापानमा उपचारका क्रममा भटट्का पिता यदुप्रसाद भट्को निधन भएको हो । स्वर्गीय भट्ट ७५ बर्षका थिए । फोक्सोमा क्यान्सर भएपछि जापान रेडक्रस मेडिकल सेन्टरमा उपचारत भट्टको त्यही निधन भएको हो ।
 
गोरखामा जन्मिएका स्वर्गीय भट्ट २०३९ सालमा केही समय बाणिज्य सहायक मन्त्री पनि भएका थिए । विसं २००१ मा जन्मिएका भट्टले गोरखाको शैक्षिक विकासमा महत्वपुर्ण योगदान पुर्याएका थिए । उनले गोरखा जिल्लामा उनको नामममा शैक्ष्ँिक पुरस्कार समेत स्थापना भएको छ ।
 
स्वर्गीय भट्टका श्रीमती तीन छोरा र तीन छोरी छ । एनआरएन अध्यक्ष भवन माहिला छोरा हुन् । जेठा छोरा शिशिर पनि एनआरएनए अभियानमा सकृय छन् ।
 
स्वर्गीय भट्टको अन्तेष्टि नेपालमै गरिने परिवारीक स्रोतले जनाएको छ । उनको पार्थिक शरिर नेपाल लगिंदै छ । भट्टको निधनमा गैर आवासिय नेपाली संघ अमेरिका क्ष्ँेत्रका संयोजक गोरी जोशीले हार्दिक सम्वेदना व्यक्त गरेका छन् । नेपालले एउटा समाजसेवी गुमाएको जोशीले जनाएका छन् ।