मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपाली समाजको साधारण सभामा पुगेन कोरम

नेपाली समाजको साधारण सभामा पुगेन कोरम


ड्यालस (टेक्सस) – आइतबार राखिएको नेपाली समाज टेक्ससको साधारण सभा कोरम नपुगेर स्थगित भएको छ । कोरम नपुगेकोले सात दिन अगावै सूचना दिएर फेरि अर्को साधारण सभा हुने भएको छ । 
 
आइतबार ११ बजे नेपाली समाजको साधारण सभा राखिएको थियो । तर विधानतः ५१ प्रतिशत सदस्यहरुको उपस्थिती नभएपछि साधारण सभा स्थगित भएको महासचिव भक्त भण्डारीले जानकारी दिए ।
 
नेपाली समाज टेक्ससमा झण्डै एकहजार ८ सय सदस्य छन् । साधारण सभाको गणपुरक संख्या पुग्नका लागि ९ सय भन्दा बढीको उपस्थिती हुनुपर्छ । आइतबार कोरम नपुगेपछि अब सात दिनको समय दिएर फेरि साधारण सभा आव्हान गरिने भण्डारीले बताए ।
 
‘अब साधारण सभाको अर्को मिति घोषणा हुन्छ । सात दिनको समय दिएर अर्को साधारण सभा आव्हान गर्नुपर्ने विधानको प्रावधान छ,’ उनले भने । दोस्रो पटक बोलाइएको साधारण सभामा भने जति सदस्य उपस्थित भएपनि कोरम पुगेको मानिनेछ ।