मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपालमा ६ धुम मच्चाएर अमेरिका फर्किए रामप्रसाद

नेपालमा ६ धुम मच्चाएर अमेरिका फर्किए रामप्रसाद


वासिङटन डिसी (अमेरिका)– लोक दोहोरी गायक एवम् कलाकार रामप्रसाद खनालले यस वर्ष नेपालमा दशैं तिहार मनाउने क्रममा ६ वटा धुम मच्चाएर फर्केका छन् । 
 
गत वर्ष जस्तै यो वर्ष पनि नेपाल गए र त्यहाँ दसैँ तिहार मात्र मनाएनन् चार हप्ताका बीचमा कलाकारिता संबन्धि ६ वटा काम गरेर फर्किए । चार वटा गीत गाएका खनालले आफ्ना गीति एल्बमहरुको सङ्ख्या यस पटक बढाएर ४७ मा पुर्‍याए । 
 
उनले आफ्ना सदाबहार गीतहरूको डिभिडी मात्र प्रकाशन गरेनन्, सत्रौँ पुस्तकका रूपमा आफ्नो एउटा अर्को कविता सङ्ग्रह "मुर्दाहरूको बस्ती" पनि प्रकाशित गरेर बजारमा पुर्‍याएरै हिँडे जन्मभूमि नेपालबाट कर्मभूमि अमेरिकातिर ।  खनाल अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका अध्यक्ष पनि हुन् । 
 
खनालले यस पटक चार वटा गीतहरू गाएर एलबम पनि तयार गरेका छन् । यस पटक उनले गाएको पञ्चेबाजाको गीत "दुलही रानी कति राम्री हुन" जब रिलिज हुनेछ । उनलाई पञ्चेबाजाको गीतमा स्वरमा साथ दिएकी छिन पछिल्लो पिँढीकी चर्चित गायिका पूर्ण कला बिसी र सङ्गीतमा चर्चित सङ्गीतकार एवम् गायक थानेस्वर गौतमले साथ दिएका छन्। पूर्ण कला फेसबुकमा लेख्छिन् "यो गीत अत्ती राम्रो भएको छ, रामप्रसाद खनाल जस्तो अग्रज गायकसँग मैले गीत गाउन पाउँदा साह्रै खुसी छु, यो अवसरका लागि रामप्रसाद दाजु प्रति म नतमस्तक छु" । 
 
उनले यस पटक अत्यन्त रमाइलो झ्याउरे गीत ( लोकगीत – च्यान्टी नानी ) पनि रेकर्ड गराएका छन् । त्यसै गरी उनले गीत सङ्गीतको क्षेत्रमा आफूलाई पथ प्रदर्शन गर्ने गुरु नारद गौतमको अनुरोधमा वहाँकै शब्द सङ्गीतमा "हेर हेर सगरमाथा" बोलको स्वदेश गान गाएनन् मात्र, एलबम निस्कियो र भिडियो पनि रिलिज भैसकेको छ उनकै बहु प्रतिभाशाली छोरी सुस्मा खनालको निर्माण तथा अभिनयमा । 
 
नयाँ काम के सुरुवात गर्दै हुनुहुन्छ ? भन्ने प्रश्नको उत्तरमा खनालले भने "गीत सगीत, कलाकारिता, साहित्य र पत्रकारिताकै क्षेत्रमा मैले केही गर्ने योजना बनाइरहेको छु, त्यस बाहेक एउटा नयाँ, अलग प्रकारको संसारभरि रहेका नेपालीहरूको साझा र वास्तविक सेटेलाइट टेलिभिजन जसको संसार भर प्रसारण पहुँच होस त्यो मेरो ड्रिम छ पहिलेदेखिनै।"
 
गत वर्ष नेपाल जाँदा ११ वटा गीत गाएर, मिडियाहरूमा छाएर फर्किएका थिए खनाल ।