मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

युलेसमा खुल्यो नाङग्लो रेष्टुँरा

युलेसमा खुल्यो नाङग्लो रेष्टुँरा


ड्यालस (टेक्सस) – टेक्ससको ड्यालसमा अर्को नेपाली रेष्टुरेन्ट थपिएको छ । ड्यालस नजिकैको युलेस सिटीमा नाङ्ग्लो रेष्टुँरा खुलेको हो । 
 
नेपाली र भारतीय खाना पाइने यो रेष्टुँरा झण्डै तीनलाख डलर लगानीमा खुलेको हो । ९५ सिट क्षमतााको यो फाइन डाइनिङ रेष्टुँरा हो । युलेसको स्टेट हाइवे १२१ नजिकै रेष्टुँरा रहेको छ ।
 
रेष्टुँराको व्यबस्थापन तथा किचनको क्षेत्रमा लामो अनुभव हाँसिल गरेका व्यक्तिहरुको लगानीमा यो रेष्टुँरा खुलेको हो । ‘ड्यालस र वरिपरिको क्षेत्रमा नेपालीहरुको बढ्दो संख्याले गर्दा र हामी लगानीकर्ताहरु सबैको यही क्षेत्रमा झण्डै एक दशकको अनुभवका आधारमा रेष्टुँरा सञ्चालनमा ल्याएका हौंँ,’ सञ्चालक मध्यका एक सन्तोष अधिकारीले भने ।
 
प्रशस्त पार्किङ, शान्त वातावरण र शपिङ सेन्टरको नजिक रहेकाले ग्राहकहरुको मायाँ पाउने आशा गरिएको समेत उनले बताए ।
 
फुलबार सहित क्राफ्ट बियर समेत उपलव्ध रहेको यो रेष्टुँराले शनिबार साँझबाट औपचारिक रुपमा सेवा सुरु गर्दैछ । रेष्टुँरामा नेपाली तथा भारतीय खाना समावेश भएको बफे लञ्च र साँझमा ग्राहकले आफ्नो चाहना अनुसार अर्डर गर्न सकिने जनाइएको छ ।