मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बढ्दो बलात्कारका घटनाले सुरक्षा चुनौती थपिँदै

बढ्दो बलात्कारका घटनाले सुरक्षा चुनौती थपिँदै


वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुर गाउँकी २५ वर्षीया एक महिलालाई गाउँकै ३२ वर्षीय राजकुमार यादवले मङ्गलबार साँझ घरमा पसी बलात्कार गरेका छन् । 
 
यस्तै कात्तिक– ५ गते पर्साकै वीरगञ्ज महानगरपालिका–१८ सौराहा टोलकी ४० वर्षीया एक दलित महिला शौच गर्न खेतमा गएका बेला गाउँकै चार युवाले सामूहिक बलात्कार गरेका थिए । 
 
यी दुई घटना एउटा उदाहरण मात्र हुन् । प्रदेश नं २ मा केही महीनायता बलात्कारको घटना एकपछि अर्को घटन थालेपछि यसले समाजलाई मात्र होइन सुरक्षाको प्रत्याभूति दिने सुरक्षा अधिकारीलाई समेत चुनौती थपिन गएको छ । 
 
प्रदेश नं २ मा बढ्दै गएको बलात्कारको घटनालाई चुनौतीको रुपमा लिएर यसलाई रोक्न सुरक्षाकर्मीलाई सम्बेदन भएर लाग्न निर्देशन दिएको प्रदेश नं २ नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक हरिबहादुर पालले राससलाई भन्नुभयो, “बढ्दो बलात्कारको घटना हाम्रो लागि ठूलो चुनौती भएकाले यसलाई नियन्त्रण गर्न सादा पोशाकमा समेत सुरक्षाकर्मी खटाइएको छ ।’’ 
 
इन्सेकको तथ्याङ्कअनुसार धनुषामा नौ महीनामा सातजना बालिका र दुईजना महिला बलात्कारको शिकार भएका छन् । यस अवधिमा १० जना महिलामाथि यौन दुव्र्यवहार गरिएको हो । गत वर्षको सोही अवधिमा पाँच बालिका र एक महिला बलात्कारको शिकार भएका थिए । 
 
त्यस्तै महोत्तरीमा नौ महीनामा छ जना बालिका र दुई महिला बलात्कारको शिकार भएका छिन् भने तीनजना महिलामाथि यौन दुरव्यवहार गरिएको हो । गत वर्ष चार बालिका र छ महिला बलात्कृत भएको तथ्याङ्कमा उल्लेख छ । 
 
यसैगरी सप्तरीमा नौ महीनामा २५ बालिका र नौ महिला बलात्कृत भएका छन् भने १८ महिलामाथि यौन दुव्र्यहार गरिएको थियो । गत वर्षको सोही अवधिमा ११ जना बालिका र १० जना महिला बलात्कारको शिकार भएका थिए । सर्लाहीमा नौ महीनामा तीन बालिका र तीन महिला बलात्कृत भएका छन् भने गत वर्ष आठ बालिका र तीन महिला बलात्कारका शिकार भएको प्रहरीले जनाएको छ । 
 
सिरहामा नौ महीनामा १६ जना बालिका र आठजना महिला बलात्कृत भएका छन् भने ३२ जना महिलामाथि यौन दुव्र्यवहार भएको छ । गत वर्ष २२ बालिका र तीन महिला बलात्कृत भएका थिए ।
 
त्यसैगरी बारामा चार बालिका र दुई महिला बलात्कृत भएका छन् भने दुई जनामाथि यौन दुव्र्यवहार भएको थियो । गत वर्षमा पाँचजना बालिका बलात्कृत भएका थिए भने एक महिलामाथि बलात्कारको प्रयास भएको थियो । पर्सामा नौ महीनामा दुई महिलासहित सात बालिका बलात्कृत भएका छन् भने दुई जनामाथि यौन दुव्र्यवहार भएको प्रहरीले जनाएको छ । 
 
प्रदेश नं २ को सरकारले एकातर्फ ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानलाई अगाडि ल्याएको छ भने अर्कोतिर बालिका बलात्कारको घटना बढ्दै गएकामा अधिकारकर्मीले चिन्ता व्यक्त गरेका छन् । समाज चेतनशील नभएकाले यस्ता घटना हुने गरेको उनीहरुको भनाइ छ । 
 
महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजका सहप्राध्यापक श्यामसुन्दर शशीले कडा कानून हुँदाहुँदै कार्यान्वयन पक्ष फितलो भएकाले समाजमा यो घटना बढ्दै गएको बता । 
 
पर्साका अधिवक्ता रामनारायण कुर्मीले अशिक्षा, गरीबी, जनचेतना तथा कानूनी पहुँचका कारण महिला बलात्कारको शिकार हुँदै आएको बता । उले, ‘पीडितभन्दा पीडक बलियो भएकाले न्यायमा पीडितको पहुँच नहुँदा समाजमै यस्ता घटना मिलाउने गरेकाले पनि अपराधीलाई मनोवल बढ्न गएको बता । 
 
बलात्कृत महिला प्रहरी समक्ष जाँदा सजिलैसँग आफ्ना कुरा राख्न असमर्थ हुनु, मुद्दा दायर गर्न नसक्नु लगायतको कारणबाट पीडित महिला प्रशासन नजिक जान चाहँदैनन् । स्थानीय निकायमा गठन भएको न्यायिक समिति समेत उदासिन रहेकाले यस्ता घटनाले प्रश्रय पाउँदै गएको छ । 
 
प्रदेश नं २ मा बढ्दै गएको मादकपदार्थ सेवन, घरमा शौचालय भए पनि खुल्ला चौरमा शौच गर्न जाने प्रचलन रहनु, एक्लै घाँसपात गर्न जाने तथा विद्यालय तथा मेला हेर्न जानु, जनचेतनाको अभाव, फितलो कानुन कार्यान्वयन, प्रहरी प्रशासनले पीडितप्रति सहनुभूति नराख्नुजस्ता कारणले बलात्कारको घटना बढ्दै गएको सामाजिक अभियन्ताहरुको भनाइ छ ।