मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ह्युस्टनमा देखियो भिन्तुनाको रौनक

ह्युस्टनमा देखियो भिन्तुनाको रौनक


हिमालयखवर संवाददाता- 
ह्युस्टन , टेक्सास । २९०२ अलमेडा जेनोवा रोडस्थित ब्यान्केट हलमा त्यो साँझ निक्कै रमझम थियो । त्यहाँ भेला भएका अधिकांश कालो पहिरनमा सजिएका थिए । पुरूषहरुको शीरमा भादगाउँले टोपी र एउटा कानमा  सिउरिएको फूल  अनि महिलाहरु कालो सारी , रातो ब्लाउज र कसैले ढाकाको चोलो र ढाकैको ओढ्नेमा सजिएको देखेपछि लाग्थ्यो- पाटन , मङ्गलबजारमा कुनै गतिलो भोज चल्दैछ । 
 
महिलाहरुको पहिरन मात्रै हैन अनुहारमा उमङ्ग र खुशी अनि रङ्गीन पहिरनमा उन्मुक्त भएर रमाइरहेका केटाकेटीतिर औल्याउंदै त्यो भेलाका एकजना सहभागी भन्दै थिए -आज त साँच्चिकै नेपाल , त्यसमा पनि काठमाण्डुको नेवार जात्रा सम्झेर मन प्रशन्न छ । 
 
नोभेम्बर महिनाको १६ तारिख गएको शुक्रवार  ती सहभागीले भनेजस्तै ह्युस्टनका नेपालीहरुले नेपालै सम्झाउने गरी आफ्नो संकॢति र परम्पराको एउटा नयाँ थालनी गरे ।  त्यो थालनी ह्युस्टनमा पहिलो चोटी नेवार समुदायले मनाउने नेपाल वर्ष (भिन्तुना ) -को रमाइलो आयोजना थियो । कार्यक्रममा नेवार समुदाय मात्र थिएनन् विभिन्न जातजातीका नेपालीहरु सम्मिलित देखिन्थे । 
 
हलको एउटा छेउमा ठूलो टेवलभरी नेवारी भोज भन्दा अघि ऐलासंग(काठमाण्डुको लोकल रक्सी ) समयबजी सजिएको थियो । अर्को छेउमा पिउनेहरुकालागि वियर , वाइन र ह्विस्की त छंदैथियो ठूल्ठूलो करुवामा ऐला समेत उपलब्ध थियो । समयबजी र पेय पदार्थ संगसंगै लाखे नाच , आधुनिक नाच र अन्य सांस्कॢतिक प्रस्तुतिले भिन्तुनाको स्वागतमा त्यो रात निक्कै बाफिए झैं लाग्थ्यो । 
 
लाखेनाचमा केटाकेटीहरु मात्र हैन सबै वयस्कहरु रमाइरहेका थिए । मुख्य भोजको आकर्षण त झनै गजबको थियो । पाहुनाहरुलाई भोज ख्वाइसकेर मात्र आयोजकहरु खान बसे , पाहुनाहरुले उनीहरुलाई पस्केर दिए । भोज संगै महिलाहरुले  पिउनेहरुलाई गिलासमा करुवाबाट ऐला दिएको दॢश्य आफैंमा रमाइलो थियो । भोज खाएर टन्न अघाएपछि धेरैजनाको प्रतिक्रिया थियो – ह्युस्टनमा पहिलो चोटी नेवारी परिकारको स्वादिष्ट भोज खान पाइयो । 
 
करीब एकहफ्ताको तयारीमै यस्तो कार्यक्रम आयोजना गरिएको कुरा ज्ञानेश्वर श्रेष्ठले बताउँदै गर्दा अर्का आयोजक सदस्य दीनकर अमात्य भन्दै थिए – साथीहरुको सामुहिक प्रयासले यो सम्भव भयो । नेपाल वर्ष मनाउन प्रारम्भिक सोच ल्याउने नीरज श्रेष्ठ र सन्जीब श्रेष्ठ अनि त्यो सोचमा सघाउने मधुकर अमात्य , प्रमोद श्रेष्ठ , चेज गुरुङ्ग , समीर रावल , रविन श्रेष्ठ र प्रविण श्रेष्ठको भुमिकाको सबैले प्रशंसा गरे । त्यति मात्र हैन कार्यक्रम सफल बनाउन आइरिन अमात्य , लिन्डा अमात्य , सुलोचना श्रेष्ठ , विना प्रधान श्रेष्ठ , रजनी श्रेष्ठ ,शैलजा कुँवर , नयना अमात्य , व्रिन्दा श्रेष्ठ , कान्तु श्रेष्ठ लगायतको सक्रियता उल्लेख्य थियो । विदा हुने बेलामा सहभागीहरु भन्दै थिए – ह्युस्टनको यो थालनी निरन्तर रहोस् , न्यूँदँया भिन्तुना !! 
 
तस्वीरमा भिन्तुना